
बिहीबार ग्याल्बो ल्होसार मनाइँदैछ । यो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
यो पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना व्यक्त गर्दै ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेका छन् ।