१० साउन २०८३, आइतबार

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

फागुन २०, २०७८
नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँघुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।

उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए । यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर आज शुक्रबार डिस्चार्ज गरेको हो । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उक्त एओर्टिक भल्व बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 

मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस्ता रोग लागेमा बिरामीकोे पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो । तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ । 

ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्