×

NMB BANK
NIC ASIA

नेपाल-भारत सम्बन्ध सामान्य नै नभई सुदृढ होला र ?

कात्तिक २०, २०७४

NTC
Premier Steels


नेपाल-भारत सम्बन्ध बहुआयामिक भएकोमा सन्देह छैन तर त्यो सम्बन्ध कुनै एक उच्चपदस्थ पदाधिकारीको एउटा संक्षिप्त भ्रमणबाट सुदृढ हुन्छ भन्ने निष्कर्ष निकाल्नु हत्केलाले सूर्यलाई छेक्ने प्रयास सरह हुनजान्छ । किनभने यी दुई मुलुकमा करिव दुई वर्षयता एक-अर्काप्रति हार्दिकता छैन; हुनुपर्ने न्यानोपन छैन । नेपालमा घोषणा भएको संविधानप्रति प्रत्यक्ष परोक्ष अप्रसन्नता जनाउँदै दिल्लीले नेपालमाथि आर्थिक र व्यापारिक नाकाबन्दी गरायो । तराईका बासिन्दालाई न्यायोचित अधिकार दिलाउने निहुँमा नेपालको घरेलु मामीलामा हस्तक्षेप गराउने दुष्प्रयास पनि दिल्लीका शासक-प्रशासकहरूले गरेका हुन् र त्यो दुराशय अझै रोकिएको छैन । अर्को शब्दमा, सम्बन्ध सामान्य हुने बलिया आधार अझै तयार भएको छैन र नेपाली जनता भारत सरकारको व्यवहार मित्रवत् व्यवहार कहिले शुरु हुने हो त्यसको प्रतीक्षामा छन् । फराकिलो साँस्कृतिक आयाममा उभिएको हुनाले जनस्तरको सम्बन्ध भने दुबैतर्फ यथावत् मजबूत अवस्थामा छ । 

Muktinath Bank

भारत सरकारले नेपाली जनताको सद्‌भाव पुन: आर्जन गर्ने हो भने नरेन्द्र मोदीले अख्तियार गरेको भनिएको ‘छर-छिमेक पहिला’ भन्ने घोषित परराष्ट्र नीति अनुरूप दक्षिण एसियाभरि नै विश्वास-निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक छ । र, त्यसको थालनी दक्षिण एसियाली देशहरूको संगठन ‘सार्क’ को स्थगित रहेको शिखर सम्मेलनको आयोजनामा दिल्लीले कायम राखेको अवरोध हटाएर गर्न सकिन्छ । विवादग्रस्त भूभाग काश्मिरमा केही समय चर्को तनाउ देखियो भन्दैमा सन् १९८५ मा स्थापित यस क्षेत्रीय संस्थाको भविष्य अनिश्चयमा पार्नु बुध्दिमानी होइन । यो भारतकै हितमा पनि हुँदैन किनभने भारत सार्क संगठनको प्रभावशाली सदस्य हो, तसर्थ त्यो प्रभाव क्षय हुँदा समानुपातिक कोणबाट भारतलाई नै बढी घाटा लाग्नु अपरिहार्य छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
चालू अवरोधको कारण सार्कको वर्तमान अध्यक्ष नेपाल लज्जाजनक अवस्थामा परेको छ । शिखर सम्मेलन आयोजक हुने पाकिस्तानको पालो अनिश्चयमा पारी आफैं अध्यक्ष भैरहन चाहेको भनी इस्लामावादले अर्थ लगाउने स्थिति छ । संगठनका आठ सदस्य-राष्ट्रको साथसाथै चीन, अमेरिका, जापान समेतका पर्यवेक्षकहरूले सार्कबारे के कस्तो धारणा बनाउलान् त्यसको अनुमान पनि दिल्लीले गर्नुपर्ने हो । संगठन गतिशील नभए त्यसको उपादेयतामै प्रश्नचिह्न लाग्नेछ । भन्नु परोइन, भेटघाटको चौतारो भत्कियो भने परामर्शको सिलसिला टुट्न जानेछ र वैमनष्य बढेर दक्षिण एसिया लडाञी झगडाको भासमा पर्नेछ । के भारतको मोदी सरकारले यस्तै परिस्थिति निम्त्याउन खोजेको होला त ?


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x