२४ असार २०८३, बुधबार

आगलागीबाट तंग्रिँदै नेबिको, बजारमा ल्यायो ४ नयाँ उत्पादन

फागुन २३, २०७८
आगलागीबाट तंग्रिँदै नेबिको, बजारमा ल्यायो ४ नयाँ उत्पादन

नेपालकै पहिलो बिस्कुट उद्योग नेबिको प्रा.लि.ले बजारमा चार नयाँ उत्पादनहरू बिक्रीका लागि ल्याएको छ । 

कम्पनीले विस्कुट, चिउरा लगायतका विभिन्न ४ नयाँ उत्पादनहरू सोमवारबाट बजारमा ल्याएको हो ।

नेविकोले बिस्कुटमा डाएजेस्टिभ–५०, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स ब्रान्ड सोमवारबाट बजारमा ल्याएको हो ।

जसअनुसार, १५० ग्रामको डाएजेस्टिभ–५० बिस्कुटको मूल्य ५० रुपैयाँ, १८० ग्रामको नाइस मिल्क कुकिजको मूल्य ५० रुपैयाँ, ८०० ग्रममको कुरुम कुरुम चिराको मूल्य ९५ रुपैयाँ र ३५ ग्रामको प्याकेटमा भएको साल्टेड पिनट्सको मूल्य २० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

‘खरानीपछि नौलो शुरूवात’ नारा दिएर कम्पनीले बजारमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । 

गत साउन २२ गते राति नेबिकोको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिकोको प्लान्टमा आगलागि भएको थियो । 

आगलागीको ४४ दिनपछि उसले आफ्नो नियमित कामहरू शुरू गरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्