२४ असार २०८३, बुधबार

जानकी टेक्नोलोजी र एक पाइला फाउन्डेसनबीच सहकार्य

फागुन २४, २०७८
जानकी टेक्नोलोजी र एक पाइला फाउन्डेसनबीच सहकार्य

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ । 

एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो। एक एक पाइला ले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

जसमा जानकी टेक्नोलोजीले स्प्यारो एसएमएस मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइला सँग सहकार्य गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्