२५ असार २०८३, बिहीबार

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्ना विभिन्न अफर पाइने

फागुन २५, २०७८
इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्ना विभिन्न अफर पाइने

नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने भएको छ । 

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निशुल्क इन्टरनेट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क शब्क्रिब्सन गर्न सकिने कम्पनीले जनाएको छ । 

इसेवा मार्फत देशभरबा ४ हजार सय भन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । 

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् । 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको कम्पनीको भनाइ छ । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्