
आगामी २०७९ साल बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने 'आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यूआर'को ८० प्रतिशत स्टल बुकिङ पूरा भएको छ ।
सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने भएको छ ।
गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको क्यानले जनाएको छ ।
यो पटकको इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाई, इन्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोवाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सुचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने क्यानले जनाएको छ ।
स्टल बुकिङ्गका आधारमा प्रदर्शकहरूले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधिका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरूका पछिला संस्करणहरू प्रदर्शनीमा राख्ने बताएका छन् ।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, सुचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहने गरि प्रदर्शकहरूले तयारी गरेका छन् ।
इन्फोटेकको शीर्ष प्रायोजन आइएमइ पे, एसोसिएट प्रायोजकमा एससिटी स्मार्ट क्यूआर तथा टिकट पार्टनरमा आइएमई पेले प्रायोजन गरेको छ ।
यस्तै प्लाटिनम प्रायोजन वर्ल्डलिङ्क कम्युनिकेसन डायमण्ड प्रायोजन डिस होम फाइवरनेट, सिल्भर प्रायोजनमा एस पावर, नमस्ते पे, डिजिकम र ब्रोडवे इन्फोसिसले गरेको छ भने इन्नोवेसन पार्टनर सनवे बिजनेस सकूल, एकेडेमिक पार्टनर सफ्टवेरिका कलेज, डिजिटल डिस्प्ले पार्टनर अल्ट्रा लेड, भर्चुअल प्रदर्शनी पार्टनर मण्डला सिस्टम, फुड एण्ड बेभरेज पार्टनर रेवान रहेको उक्त प्रदर्शनीलाई संचार तथा सुचना प्रविधी मन्त्रालय, सूचना प्रविधी विभाग, नेपाल दुरसंचार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सुविसु केवलनेट, भायानेट, नेपाल मोवाइल डिस्ट्रिव्युटर एसोसिएसनको तथा डब्ल्युआईटीएसए एवम् एएसओसीआईओजस्ता अन्तराष्ट्रिय संस्था को पनि सहयोग रहेको क्यानले जनाएका छन् ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन सन १९९५ देखि बर्षेनी आयोजना हुंदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण ६ दिन सम्म संचालन हुने गरी २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना गरिन लागेको हो ।