
इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रा.लीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता संगै, संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५००० बढी एजेन्ट संगै अब प्रभु म्यानेजमेन्टसंग आवद्ध नेपालभर रहेका ७,००० बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफर मार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ ।
यसका साथै, प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
सम्झौताबारे आफ्नो मन्तव्य व्यक्त गर्दै ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले भने,“प्रभु म्यानेजमेन्ट संग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ईसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।’