
नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर शुरू गरेको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोकप्रिय कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका थिए ।
नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो ।
काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरोपियन गुणस्तरको सर्भिस पाइने कम्पनीको भनाइ छ।
काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन् ।
यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।
‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।