
प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा (प्रिस्कुल) चेन किड जीले थप दुई नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै किड जीले सोबारे जानकारी गराएको हो ।
कम्पनीले लर्न विथ किड जी र लर्निङ फेरिज सेवा ल्याउन लागेको हो ।
लर्न विथ किड जी घर मै बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो ।
यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्ष सम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् ।
यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोच मा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
किड जी एकेडेमिक गाइडबाट आउने कलहरू लर्न विथ किड जी कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनीहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन । एउटा अनलाइन भिडियो–आधारित कार्यक्रम हो जसले बालबालिका लाई घरमा नै आरामले बसि बसि सिक्न मद्धत गर्छ । यी मनमोहक र आकर्षक भिडियोहरूको सेट हुन् जसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्छ । किड जी मुख्यालयका स्टार शिक्षकहरूले हरेक हप्ता रमाइलो सत्र प्रदान गर्छन् ।
किड जी ले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो र काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रिस्कूलको नेटवर्कसँग राम्रोसँग काम गरिरहेको छ । किड जी ले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको छ । हाल प्ष्मशभभ काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ र निकट भविष्यमा नै नेपालका विभिन्न स्थानहरुमा पनि प्ष्मशभभ विस्तार हुने अवगत गराएको छ ।
किड जी वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ शहरहरूमा २ हजार भन्दा बढी केन्द्रहरूको अविश्वसनीय सञ्जालका साथ, किड जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
वर्षौंको समर्पित अनुसन्धानको साथ, किड जीले सिडिइ (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको छ । किड जीमा भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम आइएलएलयुएमइको स्वामित्व छ ।
यसमा बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ ।