३२ असार २०८३, बिहीबार

खल्तीबाट इएमआई भुक्तानी गर्दा १००% क्यासब्याक साथै स्मार्टफोन जित्ने मौका

खल्तीबाट इएमआई भुक्तानी गर्दा १००% क्यासब्याक साथै स्मार्टफोन जित्ने मौका

खल्तीले  इएमआई भुक्तानीमा १००% क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

यस योजनामा क्यासब्याकका साथै दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यस अफर “इएमआई डन १०० % रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र एमएडब्ल्यु इन्वेत्मेंट प्राइभेट लिमिटेडको इएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १००% क्यासब्याक (रू.५,००० को अधिकतम सीमा को साथ)  प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्।

यो अफर चैत १ देखि चैत ३० सम्म मान्य हुने कम्पनीले जनाएको छ ।।

यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।

रु. ५००० माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरी फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ। 

salt training

कमेन्ट गर्नुहोस्