२४ असार २०८३, बुधबार

फोटोन  टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउँदै

फोटोन  टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउँदै

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन  टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा  आउने भएको छ ।  

टुनल्याण्ड इ प्लस गाडी केहि समय भित्रै नेपाली बजारमा आउने  नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।

कुन स्पेसिफिकेसन भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर  कम्पनीका सेल्स हेड नबिन आचार्यले भने,'पावर,लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन  टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्ने छ,'  कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ ।

उक्त इन्जिनले १४८  हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनिले जनाएको छ ।

  पावर,लुक्स र पफर्मेन्सका कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्