२६ असार २०८३, शुक्रबार

गीतमा हेर्नुहोस् अष्ट्रेलिया बस्ने नेपालीका सुख-दुःख

कात्तिक २०, २०७४
गीतमा हेर्नुहोस् अष्ट्रेलिया बस्ने नेपालीका सुख-दुःख

मेलबर्न, २३ असार — धेरै नेपालीको सपनाको देश, अष्ट्रेलिया । धेरैजसो नेपालीहरु विद्यार्थीको रुपमा अष्ट्रेलिया प्रवेश गर्छन् । विद्यार्थीहरुको मात्रै होइन अभिभावकहरुको पनि सपनाको देश हो अष्ट्रेलिया, जहाँ आफ्ना छोराछोरीको भविष्य हरेक आमाबावुले राम्रो देखिरहेका छन् ।

ऋण धन गरेर धेरैले छोराछोरीलाई अष्ट्रेलियातर्फ पठाउँछन् । तर हेर्दा जति सुन्दर र राम्रो छ, नेपालीका लागि अष्ट्रेलिया कठीन र कुरुप छ । किनकी अष्ट्रेलिया आउने हरेक विद्यार्थीले कठीन संघर्ष गरेर आफूलाई यहाँको वातावरणमा भिजाउनुपर्छ । व्यस्तता अत्यन्तै धेरै छ, महंगी र प्रतिस्पर्धा पनि अत्यन्तै धेरै छ ।

धेरैलाई लाग्छ अष्ट्रेलिया पुग्ने हरेकको जीवन गज्जव छ । तर त्यहाँ पुग्ने नेपालीको जीवन गज्जब छैन भन्ने सन्देश बोकेको एउटा गीत सार्वजनिक भएको छ ।

अष्ट्रेलिया बस्ने एक जना विद्यार्थीको जीवनगाथा समेटेर एउटा गीत सार्वजनिक रिलिज भएको हो । युवा गायक विराज पुडासैनीको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा अष्ट्रेलिया बस्ने नेपालीका हरेक सुख दुःख समेटिएको छ ।

र्याप शेलीमा रहेको ‘आएको हो उ अष्ट्रेलिया’ बोलको गीत सार्वजनिक भएको छ । २२/२३ वर्षे युवाको जीवनलाई आधार मानेर उक्त गीत सार्वजनिक गरिउको पुडासैनीले बताए ।

अष्ट्रेलियन सरकारको एउटा निर्णयले समेत नेपाली विद्यार्थीलाई कति असर पार्छ भन्ने सन्देश समेत गीतमा लुकेको छ । युवा गायक तथा सर्जक सन्तोष खनालले निर्देशन तथा अभिनय गरेको उक्त गीतको म्युजिक भिडियोमा मेलबर्न सहरका सुन्दर दृष्यहरू समेटिएको छ । भिडियोको सम्पादन अर्जुन पोखरेलले गरेका हुन् । भिडियो निर्देशनका लागि कँडेलल कन्सल्ट्यान्सी एण्ड एजुकेशन एण्ड माइग्रेसनले सहयोग गरेको छ ।

भिडियो निर्देशक खनालले अष्ट्रेलियामा बस्ने हरेक नेपालीको अवस्था सोही गीतमा प्रस्तुत गरिएको बताए । आर्थिक रुपमा अष्ट्रेलिया राम्रो देश भएपनि यहाँ नेपालीहरुले निकै दुःख गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्