![गजेन्द्र स्मृति अस्पतालले माग्यो विभिन्न पदमा कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/gajendra_sing_hospital_RACvb8YyTy.png)
गजेन्द्र स्मृति अस्पतालले विभिन्न पदमा काम गर्ने कर्मचारीहरू (स्वास्थ्यकर्मीहरू) माग गरेको छ ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै अस्पतालले रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।
रिक्त रहेका विभिन्न पदमा दरखास्त दिन इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवेदन दिनुपर्ने अस्पतालले जनाएको छ ।
आवेदन अनलाइनमार्फत नै दिन सकिने अस्पतालले जानकारी दिएको छ ।
अस्पताल गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको छ ।