
जगदम्बा मोटर्सले नयाँ वर्ष वि.स.२०७९ को अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ रोचक योजना, "आयो पायो पर्यो सोर्यो" योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत किने पनि नकिने पनि टिभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नु अगाडी टिभीएसनेपालको वेबसाइटमा न्यु इयर (नयाँ वर्ष) मा दर्ता गरेर ५० हजार रुपैयाँसम्म जित्न पाउने कम्पनीले जनाएको छ ।
यस्तै नेपालभर टिभीएसको कुनै पनि बिक्रेताबाट टिभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टिभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन् ।
साथै हरेक खरिदमा ग्राहकले ०% ब्याज तथा एक्सचेञ्जमा मासिक ५ हजार ९९९ रुपैयाँ तिरेर टिभीएस चढेर जान पाउनेछन् ।