०१ साउन २०८३, शुक्रबार

प्रोटोन एक्स५०  नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

प्रोटोन एक्स५०  नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स७० को सफलता पछि नेपालमा प्रोटोन गाडीको अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतीक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी, प्रोटोन एक्स५०  अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

चैत्र ९ गते आफ्नो गैरीधारा स्तिथ सोरुममा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा गरिएको कार्यक्रम मार्फत जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो ।   

प्रोटोन एक्स५०  पछिल्लो समयमा अरु विभिन्न देशमा ख्याती प्राप्त हुन सफल भएको साथै मलेशियाको सबैभन्दा बढी माग भएको गाडी हो ।

१.५ लिटर टर्बोचार्ज्ड थ्री(सिलिन्डर इन्जिनको साथ सो गाडीको १.५ टी स्ट्यान्डर्ड, १.५टी प्रिमियम र १.५ टीजीडीआई फ्लागशीप संस्करणहरू नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ ।

यसको स्ट्यान्डर्ड र प्रिमियम संस्करणले  ५ हजार ५ सय आरपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सयदेखि ४ हजार आरपीएममा २२६ एनएम टर्क उत्पादन गर्छ । 

त्यसरी नै फ्ल्यागशीप संस्करणले  ५ हजार ५ सय आरपीएममा १७७ पीएस पावर पावर उत्पादन गर्छ र १ हजार ५ सय देखि ४ हजार आरपीएममा  २५५ एनएम टर्क उत्पादन गर्छ । 

यति मात्र नभई यसमा ७ स्पीड डुअल क्लच ट्रान्समिसन वीथ म्यानुअल मोडको  सुविधा पनि रहेको छ । 

निकै नै आकर्षक डिजाइनमा आउने प्रोटोन एक्स५०  मा डुअल टोन इन्टेरियर एन्ड एक्टेरियरको साथै फूल एलइडी हेडल्याम्प, १८ इन्च अलोय ह्वील्स, क्वाड एक्हस्ट टेलपाइप्स जस्ता सुविधाहरु छन् ।    

प्रोटोन एक्स५०  मा यस सेग्मेन्टमा नेपाली बजारमा भएको अरु गाडीहरु भन्दा निकै धेरै सुरक्षित सुविधा रहेको कम्पनीको दावी छ । 

salt training

कमेन्ट गर्नुहोस्