२५ असार २०८३, बिहीबार

शिक्षक गए परीक्षा दिन, विद्यालय भए ५ दिनका लागि बन्द

शिक्षक गए परीक्षा दिन, विद्यालय भए ५ दिनका लागि बन्द

बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय सोमवारदेखि ५ दिनसम्म बन्द भएका छन् । 

शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालयमा उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् ।  

गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएको जनाएको छ ।

दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए । 

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने भएकाले विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएपछि आगामी शैक्षिक सत्रको वर्खे बिदाबाट कट्टा गरिने भएको छ । 

उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने सञ्चालन नै रहनेछ । शिक्षक सेवा आयोगले लिने परीक्षा चैत १५ देखि शुरू हुँदैछ ।  सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्