२४ असार २०८३, बुधबार

महिला सेलेब्रिटीमाथि सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र कानूनी उपचार

कात्तिक २०, २०७४
महिला सेलेब्रिटीमाथि सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र कानूनी उपचार

नेपालको सामाजिक संजाल प्रयोगकर्ता हामी कता तर्फ उन्मुख भइरहेका छौँ ? कुनै नायिका वा सेलिब्रिटीहरुले जस्तो सुकै तस्वीर पोष्ट गर्दा उनीहरुको तस्वीर मा अनावश्यक टिका टिप्पणी हुन्छ । सेलिब्रिटी भइसके पश्चात सामान्य टिकाटिप्पणीलाई ती सेलिब्रिटीले केही हदसम्म पचाइसकेका हुन्छ्न् । तर अश्लिल शब्दको बाण तथा गाली कसैले पनि पचाउन सक्ने हुँदैन ।

हाम्रो कानूनले पनि यस्तो किसिमको अश्लिल कमेन्ट गर्ने वा अश्लिल कुरा प्रकाशन गर्ने कार्यलाई दण्डनीय बनाइसकेको छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई सजाय हुन्छ भनी व्यवस्था गरेको छ ।

लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ ले महिलाहरुलाई जिस्काउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने कार्यलाई समेत अपराधिकरण गरिसकेको छ । अर्थात महिला माथि हुने साइबर बुलिंग नेपालको कानून अनुसार दण्डनीय अपराध हो ।

कुनै पनि महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अमर्यादित कार्य गर्ने कार्यलाई कानूनले कसुर मानिसकेको अवस्थामा कुनै महिलालाई सामाजिक संजालमा दुव्र्यवहार हुने किसिमले सन्देश पठाउने, व्यक्तिगत प्रोफाइलमा गई अनावश्यक तथा अश्लिल कमेन्ट गर्ने, सामाजिक संजालमा साथी बन्न पटक पटक आग्रह गर्दा समेत अमर्यादित तथा हैरानी दिने उद्देश्यले खेदो खन्ने, कुनै पनि महिलाको नाममा फेक आइडि बनाउने जस्ता कार्यलाई नेपालको कानुनले कसुर मान्दछ ।

यसरी उल्लेखित कानूनको व्यवस्था विपरीत कसैले कार्य गरेमा एक लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भनी व्यवस्था गरेको छ । माथि उल्लेखित कार्य गर्दा पीडितलाई कुनै किसिमको मानसिक तनाव वा हानी भएमा सो हानीको क्षतिपूर्ति समेत पिडीतले पीडकबाट पाउने व्यवस्था कानुनले गरेको छ । साथै विदेशमा रहेर सो ऐन विपरीत कसुर गरेको अवस्थामा समेत नेपालमा मुद्दा चल्न सक्ने र यस्तो कसुर गर्ने अभियुक्तलाई सजाय हुन सक्ने व्यवस्था छ ।

यसरी कानूनले रोक लगाएको तथा सजाय पनि केही हदसम्म कडा नै भएतापनि सामाजिक सञ्जालमा महिला सेलिब्रिटी तथा नायिका विरुद्ध अनेकौँ कमेन्ट आउने क्रम दिनानुदिन किन बड्दैछ ? त्यस किसिमका कमेन्ट लेख्ने कसुरदारहरु किन डराएका छैनन् ?
लेखक सुवेदी

किन हाम्रा सेलिब्रिटी तथा नायिकाहरु यस किसिमको कमेन्ट गर्ने विरुद्ध कानूनको शरण लिँदैनन ? हामी हतास पूर्वक भनिदिन्छौँ, नेपालमा साइबर कानून नै छैन, त्यही भएर यस्तो कार्यहरु को पीडित हुँदा उपचार हुँदैन, त्यही भएर यस्तो कसुरको रोकथाम भएका छैनन् । तर माथि विवेचित कानूनी प्रावधान पर्याप्त छ । गुनासो सुन्ने नेपाल प्रहरी छ, गुनासो प्राप्त भए पश्चात वैज्ञानिक तवरले अनुसन्धान शुरु गर्ने प्रविधि समेत नेपाल प्रहरीसँग छ त्यसै गरी सो गुनासोको अभियोजन गर्ने निकाय र न्याय दिने निकाय समेत छन् ।

कसैले कसै विरुद्ध अश्लिल शब्द प्रयोग गर्दा वा महिलालाई हैरानी दिँदा, अमार्यादित व्यवहार गर्दा समेत हाम्रा देशका नारीहरुलाई प्रतिनिधित्व गर्ने महिलाहरु मौन बसिदिन्छन् । केही दुइ चार मुद्दा बाहेक सेलिब्रिटीले आप्mनो मानमर्यादामा आँच पुग्यो भनेर प्रहरीमा उजुरी गरेको उदाहरण छैन ।

सबै किसिमको अमानविय, अश्लिल, अपाच्य कमेन्टलाई समेत सहजै पचाई उदासिन रही बसेको हुँदा यस्ता विकृती दिनानुदिन बढ्दै गइरहेको छ । यदि नेपालको नारीको प्रतिनिधित्व तथा कसैका आदर्श कै रुपमा रहेका सेलिब्रिटी तथा नायिकाहरुले आपूm विरुद्ध हुने हैरानी, अमर्यादित व्यवहार विरुद्ध आवाज उठाउने गरेमा यस किसिमका कसुर कम हुने थियो ।

कुनै एक सेलिब्रिटीले यस किसिमको कसुरको बारेमा खुलेर कुरा गरी यस किसिमको कसुर उपर कानुनी कारवाही सुरु गरेमा महिलाको प्रतिनिधित्व गर्ने पात्रहरुले यस किसिमको कसुरलाई दुरुत्साहन गर्न केही भुमिका खेल्न सकेको अवस्थामा समाज परिवर्तनमा उहाँहरु देन समेत हुनेथियो ।

(लेखक अधिवक्ताले सुचना प्रविधि कानुन मा युनिभर्सिसट अफ ओस्लोबाट स्नातकोत्तर गरेका छन् )

salt training

कमेन्ट गर्नुहोस्