×

NMB BANK
NIC ASIA

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

चैत १५, २०७८

NTC
Premier Steels

स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

Muktinath Bank

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् ।


Advertisment
Nabil box
Kumari

कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन् ।  बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन् ।

Vianet communication

कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७१ मतदान केन्द्र निर्धारण गरिएका छन् । बेलौरीमा १८ मतदानस्थल र ४२ मतदान केन्द्र, पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्र, दोधारा चाँदनीमा १६ मतदानस्थल र ३३ मतदान केन्द्र, कृष्णपुर नगरपालिकामा १५ मतदानस्थल र ४४ मतदान केन्द्र तोकिएका छन् ।

यसैगरी शुक्लाफाँटा नगरपालिकामा १४ मतदानस्थल र ३८ मतदान केन्द्र, बेदकोट नगरपालिकामा १५ मतदानस्थल र ३७ मतदान केन्द्र, लालझाडी गाउँपालिकामा नौ मतदानस्थल र १८ मतदान केन्द्र र बेलडाँडीमा आठ मतदानस्थल र १८ मतदान केन्द्र निर्धारण गरिएका छन् । 

निर्वाचन अधिकृत को–कहाँ ?

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले कञ्चनपुरमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतमा मदनबहादुर धामीलाई नियुक्त गरिएको छ । आयोगले जिल्ला अदालतका न्यायाधीश धामीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । भीमदत्त नगरपालिकामा धामी र उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ ।

पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ । बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता तारासिंह धामी, दोधाराचाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौँका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ ।

त्यस्तै लालझाडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ ।

सुदूरपश्चिममा १६ लाख बढी मतदाता 

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार सुदूरपश्चिम प्रदेशको मतदाता सङ्ख्या १६ लाख ३२ हजार १५० रहेको छ । पुरुष मतदाताको सङ्ख्या आठ लाख ६६२, महिला मतदाताको सङ्ख्या आठ लाख ३१ हजार ४७० र अन्य १८ रहेको छ । सुदूरपश्चिम प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार १३५ र मतदान केन्द्रको सङ्ख्या दुई हजार १०२ रहेको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x