१२ साउन २०८३, मंगलबार
राजनीतिक इमान्दारिता

चुनावमा दुरुपयोग नहोस् भनेर कार्यकाल नसकिँदै मेयरले फिर्ता गरे सरकारी गाडी

चैत १६, २०७८
चुनावमा दुरुपयोग नहोस् भनेर कार्यकाल नसकिँदै मेयरले फिर्ता गरे सरकारी गाडी

स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगर प्रमुख (मेयर) ले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । 

नगर प्रमुख सञ्जयकुमार तुम्वाहाङ्फेले को१झ ५८३ नम्बरको सरकारी गाडी प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई, लेखा अधिकृत गोपालकृष्ण लिम्बू र इन्जिनीयर उमेश शाहलाई फिर्ता गरेका हुन् ।

स्थानीय निर्वाचन–२०७९ को आचारसंहितालाई मध्यनजर गर्दै गाडी फिर्ता गरेको मेयर तुम्वाहाङ्फेले बताए । 

चुनावको समयमा सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको उनले बताए । ‘नगरका कामभन्दा बढी अब चुनावी अभियानमा खट्नुपर्छ,’ उनले भने, ‘जनताले तिरेको करको दुरुपयोग नहोस् भन्ने लागेर फिर्ता गरेको हुँ ।’ अब चुनावभर भाडाको गाडी प्रयोग गर्ने उनले बताए ।  

उनी गत चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वैशाख ३० गते हुने चुनावमा पनि मेयरमा आफ्नो दाबी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्