१२ साउन २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

उक्त शाखा कार्यालयकोे बिहीवार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

उक्त शाखा उद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो । 

नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । 

देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरूको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्