
निर्वाचन आयोगले मतदाताले सोझै फोन गरेर जिज्ञासा राख्न पाउने गरी ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
प्राप्त फोनका आधारमा मतदाताको जिज्ञासा समाधान गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा कल गर्न ११०२ नम्बरमा फोन गर्नुपर्नेछ र निर्देशनअनुसार नम्बर थिच्नुपर्नेछ । कल सेन्टरमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ कल प्राप्त भएका आयोगले जनाएको छ ।
