×

NMB BANK
NIC ASIA

भारतलाई किन लगातार प्रशंसा गरिरहेछन् इमरान खान ?

चैत २०, २०७८

NTC
Premier Steels

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरूले अविश्वास प्रस्ताव दर्ता भएदेखि खानले भारतको परराष्ट्रनीतिलाई लगातार प्रशंसा गर्दै आएका छन् ।

Muktinath Bank

आफूलाई अमेरिकाले षड्यन्त्र गरेर सत्ताबाट हटाउन खोजेको आरोप लगाउँदै इमरानले भारतको भने प्रशंसा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानको राजनीति सञ्चालन गर्ने सेनाले इमरानको साथ छोडेपछि उनले रणनीतिक सोचका साथ भारतको प्रशंसा गरिरहेको विश्लेषकहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

खानले आफ्नो तीन वर्षे शासनकालमा भारतको निन्दा गरेका थिए तर अहिले प्रशंसा गरिरहेका छन् । उनले भने, ‘म हिन्दुस्तानको प्रशंसा गर्छु । उनीहरूको परराष्ट्रनीति स्वतन्त्र र जनहितकारी छ ।’

Vianet communication

केही समयअघि जारी गरेको राष्ट्रिय सुरक्षानीतिमा पनि पाकिस्तानले भारतसँग भूआर्थिक सम्बन्ध कायम गर्ने उल्लेख थियो । अविश्वास प्रस्ताव स्थगित भए पनि सकेसम्म चाँडो आमनिर्वाचन गराउने इमरान खानको दाउ छ । त्यसपछि पुनः शक्ति आर्जन गरेर भारतसँग सम्बन्ध सुधार्ने उनको योजना देखिन्छ । 

अनि सेनाले आफूलाई साथ छोडेकाले पनि उनले आहत भएर भारतको प्रशंसा गरेको देखिन्छ । भारतीय राजनीतिमा सेनाले हस्तक्षेप नगर्ने गरेको स्मरण गराउँदै उनले पाकिस्तानी सेनालाई पनि सन्देश दिन खोजेका हुन् ।

आफूविरुद्ध अमेरिकाले षड्यन्त्र गरेको भन्दै इमरान खानले देशमा रहेका मुस्लिम कट्टरवादीहरूको सहानुभूति जित्न खोजेको देखिन्छ । अफगानिस्तान युद्धमा अमेरिकाले पाकिस्तानी भूमिमा समेत ड्रोन आक्रमण गरेर उग्रवादीहरूलाई मारेको थियो । उग्रवादी पाकिस्तानीहरू अमेरिकालाई घृणाको नजरले हेर्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x