
भारतको हैदराबादस्थित स्पेस कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ।
आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट दिउँसो १२:०५ बजे रकेटको प्रक्षेपण गरिएको हो ।
यसअघि यसलाई बिहान ११:३० बजे प्रक्षेपण गर्ने तालिका भए तापनि उडान भर्नुभन्दा करिब ५ मिनेट अगाडि काउन्टडाउन रोकिएको थियो । केही समयको पर्खाइपछि प्रक्रिया पुनः शुरू गरी रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, ‘मिशन आगमन’ नाम दिइएको यस परीक्षण उडानअन्तर्गत विक्रम–१ विभिन्न प्राविधिक परीक्षणसँग सम्बन्धित पेलोडहरूसहित अन्तरिक्षतर्फ प्रस्थान गरेको हो।
रकेटले आफूसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लुम’ नामक एक कलाकृति पनि बोकेर लगेको छ।
स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ सबअर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।