
कुकुरको वफादारीको कथा प्रायः सबैले सुनेको र देखेकै हौंला । तर, यी मालिकको आफ्नो घरपालुवा कुकुरप्रतिको माया देखेर तपाईंको पनि आँसु आउनेछ ।
भारत तमिलनाडुको शिवगंगामा यस्तो एउटा घटना देखियो, जहाँ ८० वर्षका एक व्यक्तिले आफ्नो घरपालुवा जनावरलाई यति धेरै माया गर्थे कि उसको मृत्युपछि सम्झनामा मन्दिर बनाइदिए ।
८२ वर्षीय मुथुले आफ्नो घरपालुवा कुकुर टमको सम्झनामा मन्दिर बनाएका हुन् ।
मुथु सरकारी कर्मचारीबाटै अवकाश पाएका व्यक्ति हुन् ।
उनीहरूको घरपालुवा कुकुर टम गत वर्ष बिरामी भएपछि मर्यो । टमको मृत्युपछि मुथुको परिवार यति स्तब्ध भएको थियो कि उनीहरूले कुकुरको सम्झना ताजा राख्न आफ्नो खेतमा मन्दिर बनाए । यसमा कुल ८० हजार भारू खर्च भएको बताइएको छ ।
मुथु विगत ११ वर्षदेखि आफ्नो घरपालुवा कुकुर टमसँग बस्दै आएका थिए । टम एउटा ल्याब्राडोर प्रजातिको कुकुर थियो ।
टमको मन्दिरमा मुथुका परिवारले उसलाई मनपर्ने खानेकुरा राख्ने र पूजा गर्ने गर्छन् ।