०१ असार २०८३, सोमबार

स्थानीय चुनावः रूपन्देहीका कुन पालिकामा कति मतदाता ?

स्थानीय चुनावः रूपन्देहीका कुन पालिकामा कति मतदाता ?

१६ स्थानीय तह रहेको रुपन्देहीमा एक लाख ९ हजार ७५८ मतदाता थपिएका छन् । 

२०७४ को निर्वाचनमा ५ लाख २२ हजार ६०२ थिए । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा जिल्लाबाट ६ लाख ३२ हजार ३६० मतदाताले मतदान गर्नेछन् । 

जिल्लामा १ उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन व्यवस्थापनका फाँट प्रमुख विनोद भट्टराईले धेरै मतदाता थपिएको बताए । 

उनका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा मतदाता थपिएका छन् । 

कुन पालिकामा कति मतदाता ?

बुटवल उपमहानगरपालिका– ९० हजार ६५

तिलोत्तमा नगरपालिका– ८५ हजार ७४७

सिद्धार्थनगर नगरपालिका– ४४ हजार ६५२

देवदह नगरपालिका– ४८ हजार २९१

सैनामैना नगरपालिका– ५१ हजार २२

लुम्बिनी सांस्कृतिक नगरपालिका– ४३ हजार ८९०

ओमसतिया गाउँपालिका–  २३ हजार ९२९

कञ्चन गाउँपालिका– २८ हजार ९७८

कोटहीमाई गाउँपालिका– २६ हजार २४२

गैडहवा गाउँपालिका– ३० हजार ३५१

मर्चवारी गाउँपालिका– २२ हजार ७४७

मायादेवी गाउँपालिका–  ३० हजार ४६४

रोहिणी गाउँपालिका– २६ हजार ९६९

शुद्धोधन गाउँपालिका– २७ हजार ५७८

सम्मरीमाई गाउँपालिका– २३ हजार ६८२

सियारी गाउँपालिका– २७ हजार ७५३

थपिए ९० मतदान केन्द्र

गएको निर्वाचनमा भन्दा यस पटक ९० वटा मतदान केन्द्र थपिएका छन् । 

२०७४ सालको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जिल्लामा २०८ वटा मतदानस्थल र ६१० मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र बढेर ७०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले एक हजार मतदाताको लागि एक मतदान केन्द्र बनाउने योजनाअनुरूप मतदान केन्द्र बढाइएको बताए । 

निर्वाचन आयोगले रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरालाई तोकिएको छ । उनलाई १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत तोकिएको हो । 

जिल्लामा ३८ दल चुनावी प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्