
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
काठमाडौँमा सोमवार आयोजित विशेष कार्यक्रमकाबीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्छन् भने माई पे मार्फत बिभिन्न व्यापार— व्यवसायमा आवद्ध व्यवसायीहरूले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।