
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् ।
नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे ।
दास यसभन्दा अगाडि नेपालको चर्चित ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।
उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, टे«ड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।
फोनपेमा उनले बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवद्र्धनको कार्य सम्हाल्नेछन् ।
डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् ।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध रहेको कम्पनीले जनाएको छ ।