२६ असार २०८३, शुक्रबार

सप्रनेको वार्षिकोत्सवमा काठमाडौंमा गुञ्जिए कवि

सप्रनेको वार्षिकोत्सवमा काठमाडौंमा गुञ्जिए कवि

हाम्रा सर्टिफिकेट बाकसभरी छन् कोचिएका सबै
छैनन् ज्ञान विवेक क्यै मगजमा बन्छौँ भलाद्मी अझै 
औंठी हात भरेर पुस्तक लिई खुट्टा बजाई हिँड्यौ
कालोकोट सजाउँदै मुलुकमा हामी भलाद्मी भयौं...

निरन्तर साहित्यिक कर्ममा लाग्दै आएको स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) को नवौँ वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंमा आयोजित काव्य प्रवाह कार्यक्रममा शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कवितासँगै करिब २५ कविहरू गुञ्जिए ।

कार्यक्रममा नयाँ पुस्तादेखि पूराना पुस्ताका कविहरूले आफ्ना मायाप्रेम, देशभक्त, राजनीतिक अस्थिरता, काव्यिक जागरण जस्ता विषयवस्तुलाई केन्द्रमा राखेर कविता सुनाएका थिए । 

संयोग संगमको यो कवितासँगै कवि राजु झल्लु प्रसाद, रसिक राज, यात्री प्रकाश पाण्डे, रिमा केसी लगायत कविहरूले आआफ्नो कविता वाचन गरेर सुनाए । 

 उनीहरूसँगै मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्व विमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिना थिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, श्रीराम स्वधर्म, सुस्मिता अर्याललगायतले कविता वाचन गरेका थिए । 

कार्यक्रममा उपस्थितहरूले साहित्यमा सप्रनेको सक्रियता देखेर खुशी व्यक्त गरे । 

सर्वनाम नाट्य समूहमा आबद्ध नाटककार अशेष मल्लले सप्रनेले नवौँ वार्षिकोत्सवमात्र नभई ९० औं वार्षिकोत्सव समेत भव्यसँग मनाउने बताए । 

उनले भने, सप्रनेको मेहनत र निरन्तरता देख्दा गर्व लागेको छ , नवौँ वार्षिकोत्सव मात्र होइन ९०औँ वार्षिकोत्सव समेत भव्यसँग मनाउने मलाई विश्वास छ।’

कार्यक्रममा कवि विप्लव प्रतिकले सप्रने सधैँ सप्रिँदै जानेमा विश्वास व्यक्त गरे ।  

कार्यक्रममा संस्थाकी अध्यक्ष कवि अमृता स्मृतिले सप्रने कविता लेख्नका लागि सिक्न चाहने, सिकिरहेका तथा सिकिसकेकाहरूका लागि अवसर दिने संस्था भएको बताइन् । 

उनले सप्रने कवि जन्मने ठाउँ भएको भन्दै भनिन्,‘सामान्य लेख्न जान्ने तर, खारिने मौका नपाएका सर्जकहरू यस संस्थाको नियमित कार्यक्रममार्फत आफूलाई खारेर विशेष शृङ्खलामा वाचन गर्दै पछि देश(विदेशमा पुग्नेछन्, पुगेका छन् ।’

सप्रनेले स्थापना कालदेखि अहिलेसम्म करिब एक सयभन्दा बढी साहित्यिक कार्यक्रम गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्