×

NMB BANK
NIC ASIA

सप्रनेको वार्षिकोत्सवमा काठमाडौंमा गुञ्जिए कवि

बैशाख ४, २०७९

NTC
Premier Steels

हाम्रा सर्टिफिकेट बाकसभरी छन् कोचिएका सबै
छैनन् ज्ञान विवेक क्यै मगजमा बन्छौँ भलाद्मी अझै 
औंठी हात भरेर पुस्तक लिई खुट्टा बजाई हिँड्यौ
कालोकोट सजाउँदै मुलुकमा हामी भलाद्मी भयौं...

Muktinath Bank

निरन्तर साहित्यिक कर्ममा लाग्दै आएको स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) को नवौँ वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंमा आयोजित काव्य प्रवाह कार्यक्रममा शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कवितासँगै करिब २५ कविहरू गुञ्जिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नयाँ पुस्तादेखि पूराना पुस्ताका कविहरूले आफ्ना मायाप्रेम, देशभक्त, राजनीतिक अस्थिरता, काव्यिक जागरण जस्ता विषयवस्तुलाई केन्द्रमा राखेर कविता सुनाएका थिए । 


Advertisment
Nabil box
Kumari

संयोग संगमको यो कवितासँगै कवि राजु झल्लु प्रसाद, रसिक राज, यात्री प्रकाश पाण्डे, रिमा केसी लगायत कविहरूले आआफ्नो कविता वाचन गरेर सुनाए । 

Vianet communication

 उनीहरूसँगै मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्व विमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिना थिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, श्रीराम स्वधर्म, सुस्मिता अर्याललगायतले कविता वाचन गरेका थिए । 

कार्यक्रममा उपस्थितहरूले साहित्यमा सप्रनेको सक्रियता देखेर खुशी व्यक्त गरे । 

सर्वनाम नाट्य समूहमा आबद्ध नाटककार अशेष मल्लले सप्रनेले नवौँ वार्षिकोत्सवमात्र नभई ९० औं वार्षिकोत्सव समेत भव्यसँग मनाउने बताए । 

उनले भने, सप्रनेको मेहनत र निरन्तरता देख्दा गर्व लागेको छ , नवौँ वार्षिकोत्सव मात्र होइन ९०औँ वार्षिकोत्सव समेत भव्यसँग मनाउने मलाई विश्वास छ।’

कार्यक्रममा कवि विप्लव प्रतिकले सप्रने सधैँ सप्रिँदै जानेमा विश्वास व्यक्त गरे ।  

कार्यक्रममा संस्थाकी अध्यक्ष कवि अमृता स्मृतिले सप्रने कविता लेख्नका लागि सिक्न चाहने, सिकिरहेका तथा सिकिसकेकाहरूका लागि अवसर दिने संस्था भएको बताइन् । 

उनले सप्रने कवि जन्मने ठाउँ भएको भन्दै भनिन्,‘सामान्य लेख्न जान्ने तर, खारिने मौका नपाएका सर्जकहरू यस संस्थाको नियमित कार्यक्रममार्फत आफूलाई खारेर विशेष शृङ्खलामा वाचन गर्दै पछि देश(विदेशमा पुग्नेछन्, पुगेका छन् ।’

सप्रनेले स्थापना कालदेखि अहिलेसम्म करिब एक सयभन्दा बढी साहित्यिक कार्यक्रम गरिसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x