माघ २०, २०७९
श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्...
पाेखरा | बैशाख ४, २०७९
पोखरा महानगरको मेयर उम्मेदवार बन्न आकांक्षा राख्दै नेपाली कांग्रेसका १८ जनाले निवेदन दिएका छन् ।
नेपाली कांग्रेस नगर समितिले गरेको आह्वानअनुसार मेयरका लागि १८ जनाले निवेदन दिएका कांग्रेस पोखरा महानगर समितिका प्रवक्ता टुवराज बास्तोलाले लोकान्तरलाई जानकारी दिए ।
मेयरका लागि सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य र सरस्वती गुरुङले निवेदन दिएका छन् ।
यसै गरी नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्क्षे, विश्वशंकर पालिखे र किशोरदत्त बरालले उम्मेदवारीका लागि निवेदन दिएको बास्तोलाले जानकारी दिए ।
मेयरकै लागि बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, किरण केसी, कोपिला रानाभाट, विश्व घिमिरे र श्रृषी सापकोटाले नाम दर्ता गराएका छन् । प्रदेशका मन्त्रीसमेत रहेका बिन्दुकुमार थापाले पनि दरखास्त दिएका छन् ।
प्रदेश सांसद रहेका थापा गण्डकी प्रदेश सरकारको सञ्चार, कानून तथा प्रदेश मामिला मन्त्री छन् । किशोरदत्त बराल कांग्रेस कास्कीका सभापति हुन् ।
पोखरा महानगरको उपमयेरका लागि माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, आन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा र चिनु गुरुङले आकांक्षा दर्ता गरेका छन् । यस्तै शिव केसी र गोविन्द नेपालीले पनि अन्तिममा उपमेयरका लागि निवेदन दिएका छन् । योसँगै उपमेयरका लागि आकांक्षीको संख्या १० पुगेको छ ।
मेयरमा आकांक्षा दर्ता गर्नका लागि २५ हजार र उपमयेरका लागि २० हजार रूपैयाँ शुल्क तिरेका छन् । कांग्रेस महानगर समितिका अनुसार यो शुल्क पार्टीलाई सहयोगबापत आकांक्षीले स्वेच्छाले दिएका हुन् ।
मनोनयनको लागि आइतवार ४ बजेसम्मको समय तोकिएको थियो । प्राप्त आवेदनमाथि छलफल गरेर छोटो सूची केन्द्रमा पठाउने कांग्रेसको तयारी छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ । गठबन्धन दलबीच भोलिसम्ममा महानगर र उपमहानगरबीच तालमेल गरेर केन्द्रलाई जानकारी गराउन निर्देशन दिने सहमति भएको थियो । पोखरा महानगरको नेतृत्वका लागि नेकपा एसले पनि दाबी गरेको छ ।
गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले कांग्रेससँग फराकिलो मतान्तरले मेयर जितेको थियो ।
श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्...
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आपसी सहमति, सहकार्य र समझदारीबीना देशको निकास, विकास र समृद्धि हासिल हुन नसक्ने बताएका छन् । यसतर्फ सबै राजनीतिक नेतृत्व र दलहरू बुद्धिमत्तापूर्वक दूरदृष्टिका साथ गम्भ...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छल...
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ । बिहीबार प्रधानमन्त्री एवं मा...
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...