मंसिर १, २०८०
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
बैशाख ५, २०७९
युक्रेनमाथि रुसले गरेको आक्रमणमा अन्य विभिन्न हतियारसँगै ड्रोनहरूको पनि व्यापक उपयोग गरिँदैछ ।
सञ्चालकले टाढा बसेर रिमोट कन्ट्रोलमार्फत चलाउने ड्रोनले आधुनिक युद्धकलामा क्रान्ति ल्याएको बताइन्छ । आफ्नो सैनिकलाई कुनै क्षति नहुने तर शत्रुको जनधनलाई व्यापक क्षति गराउने भएकाले राज्यहरू ड्रोनको उपयोग गर्न रुचि देखाइरहेका छन् ।
निगरानी र निरीक्षणका लागि उपयोग गरिने गरेको ड्रोनलाई अमेरिकाले शत्रु मार्नका लागि प्रयोग गर्न थालेको सन् २००१ देखि हो । त्यसपछि अन्य मुलुकहरूले पनि यस प्रयोजनका लागि ड्रोन प्रयोग गरिरहेका छन् ।
अहिले चलिरहेको युद्धमा रुसले ओरियन (इनोक्सोडेट) ड्रोन प्रयोग गरेर युक्रेनी लक्ष्यहरूमा सटीक प्रहार गरिरहेको छ । उक्त ड्रोनमा लेजर गाइडेड क्षेप्यास्त्र समेत जडान गरिएको छ । यसले युद्धमा अन्य ड्रोनहरूलाई नष्ट गर्न सक्छ ।
रुसले मरिउपोलमा युक्रेनी सैनिकहरूलाई घेराबन्दी गरेर आत्मसमर्पणका लागि बाध्य बनाउन ड्रोनको भरपूर उपयोग गरेको बताइन्छ । आफ्ना सैन्य इकाइमा ड्रोनलाई राम्रोसँग प्रयोग गर्न सक्ने अग्रणी मुलुक रुस नै भएको विश्लेषकहरू बताउँछन् ।
युक्रेनले पनि यस युद्धमा टर्कीसँग किनेको बेराक्तार ड्रोन उपयोग गरिरहेको छ । बेराक्तार टीबी२ ड्रोनमार्फत युक्रेनले रुसी सेनामाथि प्रहार गरेको भिडियोहरू सार्वजनिक भएका छन् । त्यसबाहेक उसले अमेरिकासँग किनेको कामिकाजे ड्रोन पनि उपयोग गर्न थालेको छ । त्यसको चर्चा तल पनि गरिनेछ ।
बेराक्तार ड्रोन आर्मेनिया र अजरबैजानबीच सन् २०२० मा नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वका लागि भएको युद्धमा पनि उपयोग गरिएको थियो । टर्कीबाट किनेर अजरबैजानले उपयोग गरेको ड्रोनले आर्मेनियाका हवाई प्रतिरक्षालाई ध्वस्त पारेको थियो । यी ड्रोनहरूले आर्मेनियाका ट्यांक, आर्टिलरी पीस र सप्लाई ट्रकलाई पनि नष्ट गरेका थिए ।
परम्परागत हतियारको तुलनामा ड्रोनको अत्यधिक प्रयोग गरिएकाले अजरबैजानले आर्मेनियालाई युद्धमा हराएको भनी विश्लेषण गरिएको थियो । कतिपयले त्यसलाई उत्तरआधुनिक युद्धको समेत संज्ञा दिएका छन् ।
विश्लेषकहरूले ड्रोनलाई युद्धकलाको भविष्य मान्नुमा तीनवटा कारण औंल्याएका छन् । पहिलो, यसले सैनिकहरूमाथिको जोखिम हटाउँछ । दोस्रो, यसले अन्य हतियारको भन्दा कम त्रुटि गराउँछ । तेस्रो, यसले भविष्यका युद्धहरूमा स्तरीय प्रविधि उपयोगको अवसर दिन्छ ।
अमेरिकाले इरानका शीर्ष सैन्य कमान्डर कासिम सोलेमानीलाई बग्दाद विमानस्थल नजिक रीपर ड्रोन प्रहार गरेर हत्या गर्दा सर्वसाधारणहरूलाई क्षति पुगेको थिएन । अमेरिकाले तारो बनाएका सोलेमानी र इस्लामिक अतिवादीहरूलाई ड्रोन आक्रमणमार्फत सफाया गरिएको घटनालाई ड्रोनको उपयोगिता स्थापित गर्नका लागि उदाहरणका रूपमा प्रस्तुत गरिन्छ ।
तर ड्रोनको उपयोगिताको दाबीको आलोचना पनि हुने गरेको छ । ड्रोन आक्रमणका कारण सर्वसाधारणहरूको मृत्यु कम हुने गरेको भनी ड्रोन पक्षधरहरूले बताए पनि त्यो पूर्ण सत्य नभएका प्रमाणहरू पाइन्छन् ।
जस्तो, पोहोर साल अफगानिस्तानबाट बहिर्गमन गर्ने क्रममा काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सैनिकहरूलाई तारो बनाएर आतंकवादीहरूले आत्मघाती आक्रमण गरेका थिए । त्यसको बदला लिनका लागि अमेरिकाले काबुलमा ड्रोन आक्रमण गरेर एउटा कारलाई ध्वस्त पारेको थियो । उक्त कारमा आतंकवादीहरूले खतरनाक हतियार बोकेको दाबी गरिएको थियो ।
तर सत्यतथ्य छानबिन गर्दा उक्त कारमा निर्दोष सर्वसाधारणको परिवार चढेको पाइयो । ड्रोन आक्रमणका कारण बालबालिका समेत मारिएको भेटिएपछि अमेरिकी सेनाले भूल स्वीकार गरेको थियो तर माफी मागेको थिएन ।
त्यतिखेर सैन्य विश्लेषकहरूले अमेरिकी सेना प्रविधिमार्फत संकलित सूचना (सिगिन्ट) मा भर परेकाले यो भूल हुन गएको बताएका थिए । गुप्तचरीमा सिगिन्टमा मात्र भर नपरी गुप्तचरले संकलन गरेको सूचना (ह्युमिन्ट) मार्फत पुष्टि गरेपछि मात्र शत्रुमाथि आक्रमण गर्नुपर्ने हुन्छ ।
काबुलबाट निस्कन हतार गरेको अमेरिकाले गुप्तचरहरूको उपयोग नगरी सिगिन्ट अर्थात् टेलिफोन कुराकानी र कारको भूउपग्रहीय तस्वीरमा मात्र आधारित रही कारवाही चलाउँदा निर्दोष सर्वसाधारणले ज्यान गुमाउन परेको थियो ।
ड्रोन आक्रमणले ह्युमिन्टभन्दा सिगिन्टमा जोड दिने हुँदा सेनालाई बलप्रयोग गर्नबाट रोक्ने नैतिक बन्धनबाट पनि मुक्त गर्छ । युद्धभूमिमा सैनिकले विवेक प्रयोग गरेर कपिपय अवस्थामा आक्रमण रोक्ने सम्भावना पनि रहन्छ तर ड्रोनको सन्दर्भमा त्यस्तो विवेक उपयोग गर्ने अवसर नरहने हुँदा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने जोखिम बढ्छ ।
ड्रोनको अविवेकी प्रयोगको उदाहरणस्वरूप अस्ट्रेलियाको एबीसी न्युजले सन् २०१७ मा तयार पारेको खोज समाचारलाई लिन सकिन्छ । समाचारमा उल्लेख भएअनुसार, अफगानिस्तान, पाकिस्तान, यमन, गाजा लगायतका ठाउँमा मानिसहरू कुन बेला ड्रोन आक्रमणमा परिने हो भनी सधैं त्रासमा बाँच्नुपरिरहेको छ ।
यस्ता ड्रोन आक्रमणले स्थानीयहरूलाई थप अतिवादी बनाउने र हिंसाको शृंखला चलाउने पनि उक्त सामग्रीमा लेखिएको छ । लक्ष्यभन्दा निकै टाढा ग्राउन्ड कन्ट्रोल स्टेसनमा बसेर ड्रोन सञ्चालकहरूले भूउपग्रहीय तस्वीर तथा सूचना, डेटा सेन्टर र अप्टिकल फाइबर केबलमा भर पर्दै चलाएको कारवाहीका कारण त्रुटि हुने सम्भावनालाई नकार्न सकिन्न ।
तर आधुनिक युद्धकला नैतिकता तथा सर्वसाधारणको संरक्षणका विषयमा असंवेदनशील हुन थालेको छ । राज्यहरू अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी धार अपनाउँदै राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्दै युद्धको वैधता वा अवैधताको बहसलाई त्याग्न थालेका छन् । त्यसैले आधुनिक युद्धमा ड्रोनको उपयोगलाई थप प्रोत्साहन प्राप्त भइरहेको छ ।
भारीभरकम र महंगा हतियारका तुलनामा ड्रोन सञ्चालन गर्न सहज हुनाले विश्वभरिका सेनाको रोजाइमा ड्रोन पर्न थालेको छ । अहिले ड्रोन बनाउनका लागि उपयोग गरिने सामग्रीहरूको माग ह्वात्तै बढेको रिपोर्टलिंकर डट्कम नामक वेबसाइटले लेखेको छ ।
फाइबर इन्फोर्स्ड पोलीमर, मेटल कम्पोजिट, सेरामिक म्याट्रिक्स कम्पोजिट लगायतका सामग्री उपयोग गरी आधुनिक ड्रोनहरूमा तातो सहने क्षमता, कम तौल, सानो आवाज र थर्थराहट सहने क्षमता दिलाइएको उक्त सामग्रीमा उल्लेख गरिएको छ ।
ड्रोनसम्बन्धी अर्को एक सामग्रीमा उल्लेख गरिएअनुसार, सन् २०२८ सम्ममा ड्रोन कारोबार लगभग १७ अर्ब डलर बराबरको हुनेछ । यसले संसारका सबै मुलुकको रक्षा खर्च बढ्न थालेको संकेत पनि दिन्छ अनि ड्रोनप्रति मुलुकहरूको रुचिमा वृद्धि भइरहेको पनि देखाउँछ ।
ड्रोन निर्माणमा अमेरिका अग्रपंक्तिमा छ । उसका हतियार कम्पनीहरू लकहीड मार्टिन र बोइङले ड्रोन बजारको ठूलो हिस्सा ओगटेका छन् । तर इजरायल, टर्की, इरान र चीनका ड्रोनहरूले पनि बजार पाउन थालेको देखिन्छ । रुसले पनि ओखोतनिक नामक गोप्य ड्रोनहरू बनाउन थालेको बताइन्छ ।
रुस र युक्रेनबीच चलिरहेको युद्धमा खतरनाक ड्रोनहरू उपयोग भइरहेको माथि पनि उल्लेख भइसकेको छ । रुसले जाला कीब लोइटरिङ म्युनिसन ड्रोनहरूको उपयोग गरेको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् । त्यस्तै युक्रेनले अमेरिकाबाट उपलब्ध स्विचब्लेड वा कामिकाजे ड्रोनहरू उपयोग गरिरहेको बताइन्छ ।
यी दुवैथरी ड्रोनहरू सानो आकारका, सुस्त गतिमा उड्ने र निकै तल उडेर शत्रुको लक्ष्यमा प्रहार गर्ने किसिमका हुन्छन् । लक्ष्य नजिक निष्क्रिय रहेर पर्खिरहने अनि लक्ष्य निर्धारण भएपछि आक्रमण गर्ने यिनीहरूको विशेषता हो ।
यी ड्रोनहरूमा दुईतर्फी रेडियो लिंक हुन्छ र ड्रोनमा भएको इलेक्ट्रो–अप्टिकल क्यामराले युद्धभूमिको प्रत्यक्ष तस्वीर उपलब्ध गराउँछ । ड्रोन सञ्चालकले लक्ष्य फेला पारेर पहिचान स्थापित गरेपछि सानो विस्फोटक पदार्थ फाल्छ ।
भविष्यका युद्धहरूमा बहुसंख्यक ड्रोनहरू एकैपटक उपयोग गरिने प्रविधि (स्वार्म) बाक्लै देखिने सम्भावना रहेको बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कस लेख्छन् । अमेरिका र रुसले यस्ता स्वार्म ड्रोनहरूका साथ अभ्यास शुरू गरिसकेका छन् ।
सेन्टर फर न्यु अमेरिकन सिक्योरिटीका निर्देशक पल शारका अनुसार, ड्रोन स्वार्महरू एकैपटक धेरै दिशाबाट शत्रु सेनामाथि प्रहार गरिनेछन् र यसले युद्धकलामा आमूल परिवर्तन ल्याउनेछ ।
अनि गोप्य रूपमा उड्ने स्टेल्थ ड्रोनहरूले पनि युद्धकलालाई अत्याधुनिक बनाउने देखिन्छ । चीनको शार्प सोर्ड जीजे–११ लिच्यान, रुसको सु–७० ओखोतनिक, अमेरिकाको आरक्यू–१७०, इजरायलको हेरोन त्यस्ता किसिमका गोप्य रूपमा उड्ने ड्रोनहरू हुन् ।
युद्धकलामा नयाँ विकास भएसँगै ड्रोनहरूको उपयोग बढ्ने पक्का छ । रुस र युक्रेनबीच चलिरहेको युद्ध डोनबासमा केन्द्रित हुँदै जाँदा ड्रोनहरूको उपयोग अहिलेभन्दा बढी देखिनेछ ।
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ । प्रश्...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...