×

NMB BANK
NIC ASIA

साताको सांगीतिक बजार: आए चुनावीदेखि राजेश हमाल अभिनित गीत

बैशाख ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरू सार्वजनिक भए । 

Muktinath Bank

गायक प्रमोद खरेलले स्वर दिएका थुप्रै गीतहरू पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब तिमीले गर्दा हो’ जस्ता गीतहरू युट्युबमार्फत् सार्वजनिक भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, सुगम पोखरेल, प्रताप दासदेखि अन्जु पन्त, मेलिना राई, एलिना चौहान, रचना रिमालले स्वर दिएका गीतहरूसमेत युट्युबमा सार्वजनिक भएका छन् । 


Advertisment
Nabil box
Kumari

यता, अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो पनि पछिल्लो साता सार्वजनिक भएको छ । प्रमोद खरेल र रचना रिमालको स्वरमा रहेको ‘पानी मीठो सलल बग्ने खोलीको’बोलको गीतको भिडियोमा अभिनेता हमाल मोडल सरु ढकालसँग प्रस्तुत छन् । 

Vianet communication
Laxmi Bank

आकाश श्रेष्ठ र वर्षा राउत अभिनित ‘धन्यवाद’, सुगम पोखरेल र अन्जु पन्तको स्वर तथा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा ‘स्वर्गकी अप्सरा’बोलको गीत युट्युबमा सार्वजनिक भयो । पुष्प खड्का र अन्जली अधिकारी अभिनित ‘मेरो मुटु’ पछिल्लो साता युट्युबमा सार्वजनिक भयो भने पुष्पले अभिनय गरेको ‘बेचेर सपना’बोलको गीत पनि सार्वजनिक भएको छ । 

प्रविशा अधिकारी र प्रताप दासको स्वर तथा लक्ष्मी बर्देवा र जिम्बे राईको अभिनयमा ‘माया बिछट्टै’पछिल्लो साता सार्वजनिक भयो भने गायक देबेन्द्र बब्लूले अस्मिता अधिकारीसँगको स्वरमा आफ्नो गीत ‘हिरोनी’ पछिल्लो साता सार्वजनिक गरे । विवाहको सिजनलाई लक्षित गर्दै ईश्वर सिंह र शान्ती रानी परियारको स्वर तथा विनोद भण्डारी र नारायणी खत्रीको अभिनय रहेको ‘शिरफूल शिरको’बोलको पञ्चेबाजा गीत पनि पछिल्लो साता सार्वजनिक भयो । 

उर्गेन दोङ, मिष्टर आरजे र एलिना चौहानको स्वर तथा सागर लम्साल ‘बले’, आकृति शर्मा, उर्गेन दोङ र मिष्टर आरजे अभिनित ‘के साह्रो’बोलको गीत पनि पछिल्लो साता सार्वजनिक भएको छ । कलाकार सागरले आफ्नो ‘बले इन्टरटेन्मेन्ट’मार्फत यो गीत सार्वजनिक गरेका छन् । 

मेलिना राई र हिमाल श्रेष्ठको स्वरमा ‘द कार्टुन क्रु’का कलाकारहरूको अभिनय रहेको ‘ज्यानै दिउँला’बोलको गीत पनि पछिल्लो साता सार्वजनिक भएको छ । 

यी बाहेक ‘देशलाई फेरि एमाले चाहिया छ’, ‘जय नेपाल भोट के मा रुखमा’, ‘मेरो देशै एमाले’ जस्ता चुनावी गीतहरू पनि युट्युबमा सार्वजनिक भए । पछिल्लो साता थुप्रै गीतहरू सार्वजनिक भएपछि अपेक्षित भ्युज भने अधिकांश गीतले पाउन सकेका छैनन् ।

रुचाइएका गायक/गायिकाको स्वर तथा चलेका कलाकारहरूको अभिनय रहेका गीतको भ्युज पनि निकै कम देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x