×

NMB BANK
NIC ASIA

६५ वर्षीय श्रीमान् श्रीमती एउटै नगरपालिकामा बने मेयर/उपमेयर पदको उम्मेदवार

बैशाख १५, २०७९

NTC
Premier Steels

संखुवासभाको खाँदबारी नगरपालिकामा श्रीमान् श्रीमती प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उनीहरूले एउटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा जसपाबाट उम्मेदवारी दिएका हुन् ।

Muktinath Bank

मेयरमा सीताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी तिम्सिनाले मनोनयन दर्ता गाएका छन् । मेयर पदका उम्मेदवार तिम्सिना जनता समाजवादी पार्टीको सङ्घीय परिषद् सदस्य हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैयाँदेवी यसअघिसम्म खुलेकी थिइनन् । श्रीमतीले पनि उपमेयरमा उठ्ने इच्छा राखेकाले आफ्नै पार्टीको चुनाव चिह्नमा उठ्न सहमति दिएको सीताराम बताउँछन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रमा गठबन्धन बने पनि संखुवासभामा भने जसपा गठबन्धनभन्दा बाहिर छ । गठबन्धनमा रहेका तीन दलले हेपेपछि उम्मेदवारी दिएको उनले बताए । 

Vianet communication

संखुवासभाका ६ वटा वडामा वडाध्यक्ष दिने सहमति भए पनि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको उक्साहटमा लागेर कांग्रेसले भागबन्डापछि बेइमानी गरेको उनले आरोप लगाए । 

पहिला गठबन्धन गर्दा आफ्नै वडामा अध्यक्ष दिने सहमति गरे पनि तीन दलले तँछाडमछाड गर्दै उम्मेदवारी दर्ता गराएपछि आफूले उम्मेदवारी दर्ता गराएको उनले बताए । उनको घर खाँदबारी ९ मा पर्छ । अघिल्लो चुनावमा खाँदबारीमा जसपाले कुनै पनि सिट जितेको थिएन । तिम्सिनालाई जिल्ला समन्वय समिति संखुवासभाको उपाध्यक्ष दिने सहमति समेत भएको थियो । 

चुनावी एजेन्डासहित घरदैलो गर्न थालेको उनीहरूले बताएका छन् । उनीहरू दुवैजना ६५ वर्षका हुन् । उनी एमाले, माले हुँदै जसपामा आएर मेयरमा उठेका हुन् ।

पार्टीका नेताहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि संखुवासभाका गठबन्धनमा आवद्ध दलहरूले पहिला गरिएको सहमति कार्यान्वयन नगरेसम्म फिर्ता नलिने उनले बताए ।

खाँदबारी नगरपालिका मेयरका लागि ३ स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको छ ।

खाँदबारी नगरपालिकाको नगर प्रमुखमा पाँचदलीय गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ । 

मेयर पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।

त्यस्तैगरी राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाबाट हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोमनाथ खनाल र स्वतन्त्रबाट प्रवीण कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाइले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x