×

NMB BANK
NIC ASIA

चर्चा भएजस्तो देशको अर्थतन्त्र खत्तम भएको छैन : आर्थिक मामिलामन्त्री आङ्बो

बैशाख १९, २०७९

NTC
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक
Premier Steels

 प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले चर्चा भएजस्तो देशको अर्थतन्त्र खतम भइनसकेको दाबी गरेका छन् ।  

Muktinath Bank

आइतवार मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज पूर्व क्षेत्रीय समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमासम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर चर्चा भएको जस्तो देशको आर्थिक अवस्था खतम भइनसकेको बताए । उनले अर्थतन्त्रमा केही समस्या देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आङ्वोले संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले पनि बजेट ल्याउने भएकाले उद्योगी व्यवसायी र अर्थविद्ले दिएका सुझावलाई सरकारले बजेट र नीति तथा कार्यक्रममा समेट्ने बताए ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले आगामी बर्षको बजेटमार्फत बेरोजगारी समस्या समाधानका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले देशमा हाल ३१ लाख युवा बेरोजगार रहेको र तिनलाई रोजगारी दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

फुँयालले सरकारले उद्योग क्षेत्रलाई कहिल्यै उपेक्षा नगरेको बताए । उनले सरकारले ३ हजार ५१ ओटा औद्योगिक ग्राम र ५ ओटा विशेष आर्थिक क्षेत्र निर्माणका लागि योजना अघि बढाइसकेको जानकारी दिए । उनले देशमा औद्योगिक वातावरण तयार पार्ने सरकारको योजनाअनुसार काम भइरहेको दाबी गरे ।

Vianet communication

कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य डा. ज्ञानेन्द्र कार्कीले प्रदेश सरकारले उद्योग क्षेत्रका लागि के गर्न सक्छ, सुझाव लिएर आए सम्बन्धित निकायमा पहल गर्ने बताए ।  

नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले निजीक्षेत्रमैत्री बजेट ल्याउन आग्रह गरे । उनले नेपालको राजनीतिक परिवर्तनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका भए पनि उसले अझै परिवर्तनको अनुभव गर्न नपाएको गुनासो गरे ।   आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x