११ साउन २०८३, सोमबार

डिपी र ममताको स्वरमा ‘मायाको मौसम’ [भिडियोसहित]

बैशाख २२, २०७९
डिपी र ममताको स्वरमा ‘मायाको मौसम’ [भिडियोसहित]

गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । 

भिडियोमा देखिएका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधवार गीत सार्वजनिक गरिएको हो । 

सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा डिपी र ममताले स्वर दिएका हुन् ।

मुनालशिशिर कोइरालाको निर्देशनमा तयार भिडियोमा सुधिर र जुना कार्कीले अभिनय गरेका छन् ।

इलाम र झापाका मनोरम दृश्यहरूमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका छन् ।

भिडियोको सम्पादन एवं कलर दिन्शन शाहले गरेका छन् । 

मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्