३० असार २०८३, मंगलबार

सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार

बैशाख २३, २०७९
सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार

 निर्वाचन  आयोगले   स्थानीय  तह  निर्वाचनको  दुई दिन अगाडिदेखि नै  अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न  सरकारलाई  पत्राचार   गरेको   छ  ।

आयोगले   गरेको  पत्राचारमा  वैशाख  २७  गते   मङ्गलबार   मध्य रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर  आवतजावत बन्द गर्न उल्लेख गरिएको  छ ।

आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलका  अनुसार    बिहीबार    बसेको  आयोग   पदाधिकारीको  बैठकले    निर्वाचनसँग   सम्बन्धित   व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र  भएर हित वातावरणमा  सम्पन्न  गराउन  यस  प्रकारको  निर्णय   गरेको    हो   ।

आयोगको    आग्रह बमोजिम सरकारले   निर्णय  गरे  नेपाल–भारत  र   नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहने छ  ।  

आयोग  पदाधिकारीको   उक्त  निर्णयपछि  गृह मन्त्रालयलाई  पत्राचार   गरिएको   आयोगले   जनाएको  छ ।

त्यसै गरी आयोगले  मतदान हुने  दिन वैशाख ३० गते   देशभरि   आन्तरिक  रूपमा  सञ्चालन  हुने   सबै  प्रकारको  यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्