०७ साउन २०८३, बिहीबार

मिटरब्याजसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णय

असार ३०, २०८३
काठमाडौं
मिटरब्याजसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णय

नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ महाप्रबन्धकको कामसमेत गर्ने गरी नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य निर्णयहरू :

१. बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने

२. विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने

३. अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने

४. नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त ।

५. अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने ।

कमेन्ट गर्नुहोस्