×

NMB BANK
NIC ASIA

शेयर बजारको परिपक्वता खोजिँदै

बैशाख २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

झण्डै रु ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले आज शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियमक निकायदेखि सरोकारवालाको सहभागिता थियो । 

Muktinath Bank

नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजारलाई परिपक्व बनाउने विषयलाई नै केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले बजारको परिपक्कतालाई सबै सम्बद्ध पक्षले गहनरूपमा बुझन् जरुरी रहेको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

बजारको सन्तुलन कायम राख्नका लागि संस्थागत लगानीको सहभागिता बढाउनुपर्ने स्पष्ट पार्दै अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण शेयरमा कोटा छुट्याइने विषय आगामी दुई महिनाभित्रमा कार्यान्वयनमा आउने जानकारी दिए । 

Vianet communication
Laxmi Bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले परिपक्वता सबै क्षेत्रमा अति नै आवश्यक हुनेमा जोड दिए । उनले रु ४४ खर्ब बराबर पुगेको बजार पूँजीकरण रु ३१ खर्बको हाराहारीमा ओर्लेको भन्दै त्यसको कारण खोज्नपर्ने बताए । धितोपत्र बजारमा बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको तथा केन्द्रीय बैंकले ल्याउने सानोभन्दा सानो नीतिगत व्यवस्थाले पनि प्रभावित बनाउने भएकाले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ५० लाख लगानीकर्ताको चासो र चिन्ताको विषयमा छलफल गराएको जानकारी दिए । कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भए पनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए । 

पछिल्लो समयमा ब्याजदरको वृद्धिले सेयर बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ । बजारको परिपक्वता र स्थीरताका लागि विदेशी कम्पनीले नेप्सेको सेयर खरिद गर्ने, इन्ट्रा डे टे«डिङ, सर्ट सेल, संस्थापक सेयरलाई साधारण सेयर सरहको कारोबार आवश्यक रहेको उनको भनाइ थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x