×

NMB BANK
NIC ASIA

बजार

आक्रामक बजार विस्तारमा हिमालयन जाभा, कफीमा आत्मनिर्भर कहिले बन्ला ?

बैशाख २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

व्यस्त दरबारमार्ग । दरबारमार्गको अगाडि नारायणहिटी दरबार । नारायणहिटीको अगाडि छ दरबार मल । 

Sagarmatha Cement
Muktinath Bank

दरबार मलको माथिल्लो तलामा देख्न सकिन्छ हिमालयन जाभा कफी हाउस । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यस्त दरबारमार्गमा जो कोहीले त्यो कफी हाउसलाई देखिहाल्छन् । सुनसान समयमा होस् या व्यस्त समय, चहलपहल उस्तै हुन्छ । 


Advertisment
Nabil box
Kumari

चिसो मौसममा बाक्लो भीड हुने हिमालयन जाभामा गर्मीमा पनि उस्तै भीड । कफीप्रेमीहरूले भरिभराउ सोफाहरू । मलबाट देखिने सुन्दर भ्यू झनै मनमोहक ।

Vianet communication
Laxmi Bank

व्यस्त दरबारमार्गमा व्यस्त हिमालयन जाभाले नयाँ पहिचान बोकेको छ । कफीप्रेमीहरूका लागि निकै नै आरामदायी तथा रुचिको सेन्टर बनेको छ जाभा ।

हिमालयन जाभा कफी हाउसको त्यो फ्रेन्चाइज आउटलेट हो । त्यहाँका आउटलेट म्यानेजर अमोग सिंह दरबारमार्गस्थित कफी हाउसमा ग्राहकहरू निकै बढेको बताउँछन् । 

सामान्य अवस्थामा पनि ‘विक–इन्ड’मा बढी मात्रामा ग्राहकको भीड लाग्छ त्यहाँ । हुन त शुक्रवार र शनिवार होटल तथा रेस्टुरेन्टहरूमा भीड लाग्ने कुरा नयाँ हैन तर कफी पसलमा पनि उत्तिकै भीड भने रोचक नै हुन्छ । 

दरबार मलको त्यो आउटलेट दृश्यको हिसाबले पनि निकै सुन्दर देखिन्छ । मलको सातौं तलाबाट टाढा–टाढासम्मको दृश्य हेर्न सकिन्छ भने अगाडिको नारायणहिटी दरबारको सुन्दर दृश्य पनि त्यहीँबाट देखिन्छ ।  

दरबार मलको आउटलेटमा सामान्य दिनमा दैनिक साढे ४ किलोग्रामसम्म कफी पाक्छ अर्थात् बिक्री हुन्छ । आइतवार, शुक्रवार र शनिवार भने यसको दोब्बर कफी बिक्री हुने अमोग बताउँछन् । 

शुक्रवार, शनिवार र आइतवार कफी पिउनका लागि भीड हुने विशेष दिन हुन् । ‘वीक–इण्ड’ लक्षित गरी ग्राहकहरू कफीमा झुम्ने गरेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘शुक्रवार, शनिवार र आइतवार अन्य दिनको तुलनामा दोब्बर अर्थात् ८–९ केजीसम्म कफी पाकेको हुन्छ, ती दिनहरूमा बिक्री बढी हुन्छ ।’

सामान्य अवस्था र हप्ताको अन्तिममा कफी हाउस जानेहरू पनि दोब्बर नै छन्  ।

अन्य दिनमा करीब ४०० जना ग्राहक पुग्ने गरेको आउटलेटमा शुक्रवार, शनिवार र आइतवार भने करीब ८०० जना नै पुग्ने गरेका छन् । 

बिहान ६ बजेदेखि साँझ १० बजेसम्म आउटलेट उत्तिकै बिक्री हुन्छ ।

... ...

गगन प्रधान र आनन्द गुरुङले सन् १९९९ मा हिमालयन जाभा कफीको शुरूवात गरेका थिए । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट शुरू भएको हिमालयन जाभा कफी अहिले एउटा विशाल ब्राण्ड बनिसकेको छ । 

देशका विभिन्न ठाउँसँगै विदेशमा पनि हिमालयन कफीले उत्तिकै छाप छाडिरहेको कम्पनीका अपरेसन हेड दिवाकर ओझा बताउँछन् । 

कम्पनीका अहिले नेपालभर ३७ आउटलेट सञ्चालनमा छन् । यसबाहेक बेलायत, अमेरिका, क्यानडा लगायत विदेशका विभिन्न ६ ठाउँमा हिमालयन जाभाका आउटलेट सञ्चालनमा छन् । 

कम्पनीले सन् २०१७ देखि फ्रेन्चाइज दिइरहेको छ । अहिले नेपालमा विभिन्न ठाउँमा फ्रेन्चाइजका लागि माग भएको छ । जसअनुरूप ती ठाउँहरूमा अध्ययन समेत भइरहेको अपरेसन हेड ओझा बताउँछन् । 

काठमाडौंको बुढानिलकण्ठ, कुरिनटार, इटहरी लगायतका ठाउँमा अहिले अध्ययन भइरहेको उनी बताउँछन् । 

पोखरामा नयाँ आउटलेट आगामी भदौ महिनासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

लञ्च हब पनि सँगसँगै

शुरूआती दिनमा कफी हब मात्रै बनेको हिमालयन जाभा अहिले निकै लोकप्रिय छ । आफ्नो लोकप्रियता बढ्दै जाँदा कम्पनीले आफूले दिने सेवा समेत विस्तार गर्दै गएको छ । 

हिमालयन जाभा अहिले कफी हब मात्र हैन, लञ्च हब पनि बनिसकेको छ ।

विगतमा कफी पिउनका लागि र समय बिताउनका लागि जाभा पुग्ने गरेका ग्राहकलाई कम्पनीले अहिले आवश्यकता अनुसार अन्य परिकारहरूको पनि व्यवस्था गरिरहेको छ । 

कफीका साथसाथै अहिले हिमालयन जाभामा बर्गर, स्याण्डविच लगायत अन्य स्न्याक्सको समेत मज्जा लिन सकिन्छ । 

‘ग्राहकहरू कफी पिउनका लागि नभएर लञ्चकै लागि पनि यहाँ आउनुहुन्छ,’ कम्पनीका अपरेसन हेड ओझा भन्छन् ।

१५ सय रोपनीमा कफी उत्पादन

हिमालयन जाभा कफी शुद्ध नेपाली ब्राण्ड हो । नेपालमै उद्यमशीलताको विकास गर्ने र कफीको निर्यात प्रवद्र्धनमा समेत वृद्धि गर्नमा हिमालयन जाभाको निकै महत्त्वपूर्ण भूमिका छ ।

हिमालयन जाभाले अहिले १५ सय रोपनी जग्गामा आफैं कफी खेती गरिरहेको छ । इलामको फिक्कलमा गरिएको कफीखेती अबको डेढ वर्षमा खानका लागि योग्य हुने कम्पनीका म्यानेजर दिवाकर बताउँछन् ।

उनका अनुसार कफी रोपिएको करीब ५–६ वर्षपछि मात्रै खान योग्य हुन्छ । अहिले खेती गरेको ४ वर्ष पुगिसकेको छ । अबको साढे १ वर्षपछि कफी परिपक्व हुने र खान योग्य हुने उनले बताए । 

अहिले हिमालयन जाभाले नेपाल कफी कम्पनी लिमिटेडबाट कफी किनेर बिक्री गरिरहेको छ । कम्पनीले अहिले वार्षिक रूपमा वार्षिक १५० टनदेखि २०० टन कफी किनेर बिक्री गरिरहेको हुन्छ । 

मुलुकमा कफी कल्चर विकास गराउन नेतृत्वदायी भूमिका खेल्ने कम्पनी हिमालय जाभा हो । हिमालयको देशमा हिमालयकै नाममा कफी–कल्चर विकास गर्ने यो कम्पनी अहिले २३ वर्ष पुगिसकेको छ ।

२३ वर्षको अवधिमा हिमालय जाभाले आफ्नो पुँजी वृद्धि गर्दै करीब २ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याएको छ । सीमित जनशक्तिले शुरू गरेको हिमालय जाभामा अहिले ३६० जनाभन्दा बढी जनशक्तिले रोजगारी पाइरहेका छन् ।

सीप सिकाउँदै, जनशक्ति बढाउँदै 

कफी कल्चरमा एकछत्र राज गरिरहेको हिमालय जाभाले सन् २००९ देखि कफी तयार पार्नका लागि तालिम पनि सञ्चालन गर्दै आएको छ । ‘वरिस्टा ट्रेनिङ सेन्टर’ नै सञ्चालनमा ल्याएर कम्पनीले जनशक्ति तयार पारिरहेको छ । 

कफी बनाउने मानिसलाई त्यसमा आवश्यक तालिम दिने, मशिन चलाउनका लागि सिकाउने जस्ता विभिन्न कफी पकाउने सम्बन्धी कामहरू सेन्टरले दिँदै आएको छ ।

करीब २५ दिन लिनुपर्ने कोर्स पढेपछि जुनसुकै मुलुकमा पनि कफी सम्बन्धी काम गर्नका लागि जनशक्तिले रोजगारी निश्चित हुने कम्पनीका अपरेसन हेड दिवाकर ओझा बताउँछन् । 

कफीमा आत्मनिर्भर बन्ला ? 

हिमालयन जाभा आत्मनिर्भरताको बाटोमा लागिरहेको छ । आफ्नै सप्लाई चेनमा काम गर्दै आएको जाभाले कफी समेत आफैं उत्पादन गर्न थालेपछि यो चेन पूर्ण हुने कम्पनीका अपरेसन हेड ओझा बताउँछन् । 

फिक्कलमा ५०० टन कफीका लागि काम भइरहेको कम्पनीले जनाएको छ । १५ सय रोपनीमा फैलिएको कफी उत्पादन भएपश्चात कम्पनी कफीमा आत्मनिर्भर हुन सक्ने ओझा बताउँछन् । 

कम्पनीले अहिले वार्षिक रूपमा वार्षिक १५० टनदेखि २०० टन कफी किनेर बिक्री गरिरहेको हुन्छ । सो उत्पादन बजारमा आएपछि भने आफूले किन्नु नपर्ने कम्पनीको विश्वास छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x