
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ नदेखाउन कांग्रेसलाई सुझाव दिएका छन् ।
महानगरमध्ये ५० प्रतिशत क्षेत्र कांग्रेसलाई दिएको भन्दै अन्य दललाई पनि इमान्दारितापूर्वक सहयोग गर्न उनले आग्रह गरे ।
पोखरामा आयोजित चुनावी सभालाई आइतवार सम्बोधन गर्दै नेता नेपालले केपी ओलीको दक्षिणपन्थी गठबन्धनविरुद्ध आफूहरूले संविधान जोगाउन गठबन्धन बनाएको बताएका हुन् ।
‘दम्भले केपीको विनाश गर्यो, तपाईंंको पनि त्यो हालत नहोस् । अन्य दललाई अपमान गर्ने काम नहोस्,’ नेपालले भने ।
नेपालको राजनीतिमा ५० वर्ष बिताएको भन्दै उनले आफ्नो पार्टीलाई कम नआँक्न आग्रह गरे ।