×

NMB BANK
NIC ASIA

'पालिकालाई समृद्ध युगमा प्रवेश गराउन एमालेलाई भोट'

बैशाख २६, २०७९

NTC
Premier Steels

  प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो पार्टीको उम्मेदवार पालिकामा विजयी भए आगामी पाँच वर्षभित्रमा सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Muktinath Bank

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले ११ पृष्ठको ६७ बुँदे एक अपिल सार्वजनिक गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली जनसमुदाय माझबाट उदाएको जनताको राजनीतिक दल नेकपा (एमाले) सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको घरआँगनमा यहाँहरूको आशीर्वाद माग्न आएको छ’ एमालेले जारी गरेको अपिलमा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ एमाले आममतदातासमक्ष प्रस्तुत भएको छ ।’


Advertisment
Nabil box
Kumari

आगामी स्थानीय तहको निर्वाचनले नेपाल र नेपालीको भावी गन्तव्यको मार्गचित्र निर्धारण गर्ने भएकाले एमालेले आममतदातासमक्ष उत्साहपूर्वक मतदान गर्न आग्रह गरेको छ ।

Vianet communication

यो निर्वाचन स्थानीय तहको सरकार गठन गर्न जनादेश दिने संविधानप्रदत्त सार्वभौम मताधिकारको अभ्यास गर्ने महत्वपूर्ण अवसर भएको एमालेले जनाएको छ ।

आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा सहरी पूर्वाधार विकासका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा मात्र होइन, रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरणलगायतका क्षेत्रमा समेत मानव जातिले सयौं वर्ष लगाएर हासिल गरेका उपलब्धि नेपालमा एक दशकभित्रै हासिल गर्ने अठोट एमालेको रहेको छ ।

‘हाम्रा गाउँ नगरमा शताब्दियौंदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने संकल्प नेकपा (एमाले)ले लिएको छ,’ एमालेले भनेको छ, ‘नेकपा (एमाले) विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ । हामीले देश र जनताको निरन्तर सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दछौं । हाम्रा लागि नेपाल, नेपाली जनता र नेपालको अत्याधुनिक विकासभन्दा माथि केही छैन । एमाले यही आदर्शमा समर्पित थियो, छ र हुनेछ । त्यसैले हाम्रो मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो ।’

एमाले लोकतन्त्रको आधारभूत मूल्यमान्यता, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मौलिक हक र मानव अधिकारप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संविधानवादको अभ्यास गर्दा पार्टी सदासर्वदा नेपाली जनताको पक्षमा उभिने जनाएको छ ।

‘राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा (एमाले) कुनै हालतमा स्वीकार्दैन । विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबुत राख्ने क्षमता एमालेमा नै छ’ अपिलमा भनिएको छ ।

नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य एमालेमा मात्र छ भन्ने यथार्थ नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनबाट सबैका सामुु थप स्पष्ट भइसकेको प्रस्टीकरण एमालेले दिएको छ ।

कांग्रेससहित केही दलहरूको अनिच्छाका बाबजुद स्थानीय स्वायत्त शासन ऐन– २०५५ तर्जुमा गर्न र स्थानीय तहलाई स्वायत्त अंगका रूपमा क्रियाशील गराउन संविधान निर्माणको समयमा नेतृत्व एमालेले नै गरेको स्मरण गर्दै एमालेले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घरआँगनको सरकारका रूपमा स्थापित गरेको विगतलाई सम्झेको छ ।

एमालेले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणात्मक शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बिमा कार्यक्रम, सबै पालिकामा कम्तीमा १५ शय्याको अस्पताल निर्माण, अस्पतालहरूको स्तरोन्नति, कडा रोगको निःशुल्क उपचार र आधारभूत औषधिहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम, बालविकास कार्यक्रम, दिवा खाजा कार्यक्रम, आदिवासी, जनजाति, दलित र मानव विकास सूचकांकमा पछि परेका परिवारका विद्यार्थीहरूलाई नर्सिङलगायतका प्राविधिक शिक्षा र उच्च शिक्षासमेत निःशुल्क उपलब्ध गराउने कार्यक्रम र छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यस्तै, जनता आवास कार्यक्रम, जनताको तटबन्ध कार्यक्रम, फुसको छानालाई जस्तापाताले विस्थापन गर्ने कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, तराई–मधेस समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, सघन सहरी कार्यक्रम, समृद्धिका लागि वन कार्यक्रम र अर्गानिक नेपाललगायतका बृहत् रूपान्तरणकारी योजना तथा कार्यक्रम निर्धारित लक्ष्य र सम्पन्न हुने समय एवं अपेक्षित परिणामसमेत तोकी कार्यान्वयनलाई तीव्रता दिइएको स्मरण एमालेले गरेको छ ।

राज्यका स्रोत गाउँ नगर तहसम्म सोझै हस्तान्तरण गरी स्थानीय विकास निर्माणको नायकत्व गाउँ नगर तहलाई नै दिने कार्यक्रमका साथै ज्येष्ठ नागरिक, एकल महिला, विधवालाई राज्यका तर्फबाट भत्ता उपलब्ध गराउने कार्यक्रम एमालेले नै कार्यान्वयनमा ल्याएको एमालेले स्पष्ट पारेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x