फागुन १५, २०७८
सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ । अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो । कार्यसम्पादन मूल्यांकनका आ...
काठमाडाैं | बैशाख २६, २०७९
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्नेमा आफू प्रतिवद्ध रहेको बताएका छन् ।
कानुन दिवसका अवसरमा वक्तव्य जारी गर्दै उनले न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ।
‘न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको छ,’ कामु प्रधानन्यायाधीश कार्कीले वक्तव्यमा भनेका छन्, ‘न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवम् गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ ।’
उनले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औल्याएका सुझावहरू कार्यान्वयन भइरहेको र क्रमशः हुँदै जाने प्रतिवद्धता जनाएका छन् ।
सर्वोच्च अदालतले अल्पकालीन रुपमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको काम गरिरहेको भन्दै उनले दीर्घकालीन रुपमा स्वचालित पेसी व्यवस्थापन प्रणाली अपनाउने तयारी भएको बताएका हुन् ।
कोरोनाका कारण सेवा प्रवाह संकुचन भएको भन्दै उनले पुराना मुद्दा टुंग्याउन सर्वोच्च अदालत प्रशासन प्रतिवद्ध रहेको जनाएका छन् ।
प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ ।
सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ । अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो । कार्यसम्पादन मूल्यांकनका आ...
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षलाई मासिक तलब खुवाउनका लागि सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ। अधिवक्ता पंकज कर्णका अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माक...
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्...
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलवारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ...
सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण...
सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि परेको निवेदनको सुनुवाइ आज (आइतवार) हुने भएको छ । महान्यायाधि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...