१२ साउन २०८३, मंगलबार

विराटनगरका बजार र विद्यालय आज पनि बन्द

साउन १२, २०८३
विराटनगर
विराटनगरका बजार र विद्यालय आज पनि बन्द

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि मंगलबार  विराटनगरका पसल तथा विद्यालयहरू बन्द गरिएको छ ।  सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन्।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य नौ जना घाइते भएका छन्। त्यसपछि सोमबार विराटनगरमा प्रदर्शनसमेत भएको थियो।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा अवस्था र यातायातमा अवरोधको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन रोकेको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्