×

NMB BANK
NIC ASIA

शिक्षालयमा दुई दिन बिदाबारे अन्योल, एक/दुई दिनमा निर्णय गर्छौं : मन्त्रालय

बैशाख २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । 

Muktinath Bank

विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले शिक्षण संस्था सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा न्यूनतम २२० दिन विद्यालय खोल्नैपर्छ । पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न विद्यार्थीलाई १८० दिन पढाउनैपर्छ । सातामा दुई दिन बिदा दिँदा पाठ्यक्रमले तोकेअनुसारको पढाइ पूरा गर्न सकिँदैन । 

Vianet communication
Laxmi Bank

शिक्षा मन्त्रालय अहिले सातामा दुई दिन बिदा पनि दिने र पाठ्यक्रमले तोकेअनुसारको पाठ्यभार पनि पूरा हुने गरी अध्यापनको खाका तर्जुमा गर्ने छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेको छ । 

दुई दिने बिदा कार्यान्वयनका सम्बन्धमा केही दिनअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा सरकारी अधिकारी, सामुदायिक विद्यालयका प्रतिनिधि, निजी क्षेत्र तथा अभिभावकबीच छलफल भएको थियो । त्यसमा पनि निजी विद्यालयहरूले दुई दिन बिदा दिँदा सिकाइमा असर पर्ने सुझाव दिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका सह अध्यक्ष सुवास न्यौपानेले बताए । 

मन्त्रालयका प्रवक्ता शर्माले भने वैशाखभित्रै यस विषयमा ठोस निर्णय गरिने बताए । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने रकममा पनि कटौती हुने सरकारी विश्वास छ ।

दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x