×

NMB BANK
NIC ASIA

युवामा कालो चस्माको क्रेज, कसलाई कस्तो चस्मा सुहाउँछ ?

बैशाख २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको 
नगर्नु है चिन्ता मैयाँ दुई चार हजारको
कुनै समय निकै चर्चामा रहेको यो गीतको भावझैँ हाल युवा पुस्तामा कालो चस्माको क्रेज निकै बढ्दो छ । अझ गर्मीयाममा त कालो चस्माको प्रयोग व्यापक हुनु स्वाभाविक हो।  स्थानीय चुनावमा नगरप्रमुखको उम्मेदवार बालेन शाहको चस्माको चर्चा जताततै भएजस्तै युवा पुस्तामा गर्मी मौसममा चस्मा फेसनको प्रमुख अङ्ग बनेको छ।

Muktinath Bank

धुलो तथा घामको विकिरणबाट आँखालाई सुरक्षित राख्न चस्माले महत्वपूर्ण भूमिका खेल्छ। जताततैको धुलोका कारण मास्कसँगै चस्माको प्रयोग अनिवार्यजस्तै हुन पुगेको छ।
यसले समरमा फेसनमा नयाँ फ्लेबर त दिन्छ नै, साथसाथै आँखालाई सुरक्षा पनि । गर्मीयाममा सन ग्लासको प्रयोग फेसनेबल देखिनुका साथै आँखाको रक्षाका लागि उपयोगी हुन्छ। घामको चर्को प्रकाश, धुलो, धुवाँ आदिको सोझो प्रभावबाट सन ग्लासले आँखालाई जोगाउँछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नायिका प्रियङ्का कार्की चस्माको निकै सोखिन छिन्। उनी भन्छिन्, ‘आँखाका लागि कालो चस्माको प्रयोग निकै उपयोगी मानिन्छ। कालो चस्माले आँखालाई धुलो, धुवाँ, किटाणुबाट बचाउनुका साथै अल्ट्रा भाइलेट विकिरणबाट समेत सुरक्षा प्रदान गर्छ।’ जसरी शरीरलाई लुगा चाहिन्छ, त्यसरी नै आँखालाई चस्मा चाहिन्छ। ‘बाहिर निस्कन चस्माबिना त कल्पना पनि गर्न सकिदैन’ कार्कीले भनिन्। 


Advertisment
Nabil box
Kumari

विगत ३० वर्षदेत्रि चस्माको व्यापार गरिरहेका अर्जुन श्रेष्ठका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट छालाको रङ तथा कपालको शैलीमा निर्भर हुन्छ। श्रेष्ठले चारपाटे या गोलो अनुहार भएका व्यक्तिलाई रेक्टेगुलर तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा सुहाउने जानकारी दिए। ओभल आकारको मुहार भएका व्यक्तिलाई भने प्रायः सबैखाले फ्रेमको चस्मा सुहाउने उनको भनाइ छ । नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा आउने खालको र छोटो नाक भएकाहरुलाई भने नाकको सिरानमै अडिने खालको चस्मा राम्रो सुहाउने उनको सुझाव छ। गोरखापत्रमा यलु जोशीको बाइलाइनमा फिचर छापिएको छ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x