१८ असार २०८३, बिहीबार

ठमेलबाट ५ जना विदेशी महिला पक्राउ

असार १७, २०८३
काठमाडौं
ठमेलबाट ५ जना विदेशी महिला पक्राउ

काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले पाँच जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चार जना युगान्डाका र एक जना इन्डोनेसियाका नागरिक रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार ठमेलस्थित सडक खण्डमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी दुःख हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

ती महिलाहरूले सडकमा अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गर्ने र सर्वसाधारणलाई बाधा पुर्‍याउने गरेको प्रहरीको दाबी छ ।
डिउटीमा खटिएको प्रहरी टोलीले त्यस्तो कार्य नगर्न सम्झाई–बुझाई गर्दा उनीहरूले उल्टै प्रहरी कर्मचारीहरूमाथि नै अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र धक्कामुक्का समेत गरेका थिए । उच्छृङ्खल व्यवहार प्रदर्शन गरेपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले पक्राउ परेका पाँचै जना विदेशी महिलामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्