२६ असार २०८३, शुक्रबार

अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द

बैशाख २८, २०७९
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द

नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।

परिषद्का सचिव मोना सिंहले आज जारी गरेको सूचनामा परिषद्को अनुशासन समितिको २०७९ वैशाख १६ गते बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।

परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता केसीको प्रमाणपत्र नम्बर ८२५६ को कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्