×

NMB BANK
NIC ASIA

पुल बने पनि तुइनकै भर

बैशाख २९, २०७९

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुईवटा झोलुङ्गे पुल निर्माण पूरा भइसक्दासमेत सञ्चालनमा आएका छैनन् ।

Muktinath Bank

पुल निर्माण भएको तीन महिना बितिसके तर हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा छन् । पुल सञ्चालन नहुँदा अझै पनि तुइनको सहारामा नदी वारपार गर्नुपरेको स्थानीय दीपक भट्टले बताए । भारतीय सीमा सुरक्षा बलले बेला–बेला तुइनसमेत हटाएपछि दुहुँ र व्यास गाउँपालिकाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यास गाउँपालिका–४, मल्घट्टेमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण पूरा भएको थियो । व्यासकै वडा नम्बर ६ बडुगाउँस्थित महाकाली नदीमा पनि गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो तर दुवै पुलमा तालाबन्दी गरिएपछि स्थानीयले लुकिछिपी अवैध तुइनको सहारामा दैनिक वारपार गर्नुपरेको गुनासो गरेका छन् ।


Advertisment
Nabil box
Kumari

थप दुईवटा पुल निर्माणसँगै पूरा हुनुपर्ने र एकै पटक हस्तान्तरण गर्नुपर्ने भएकाले ती पुलमा आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का लगाएको थियो । 

Vianet communication
Laxmi Bank

मालिकार्जुनको बाकु पुल र बडुगाउँ पुल तथा व्यास गाउँपालिका–२ मा भारतको गस्कु र नेपालको माल जोड्ने पुल र मल्घट्टे पुल छन् । मल्घट्टे र मालमा दुई करोड ७३ लाखमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । बाकु र बडुगाउँमा झोलुङ्गे पुल निर्माण गर्न दुई करोड ५५ लाख ६४ हजारको ठेक्का सम्झौता छ । दुईवटा पुल एकै प्याकेजमा निर्माण पूरा गरेर सँगै सञ्चालनमा ल्याउनुपर्ने कार्ययोजना भएकाले पुल सञ्चालनमा नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

“एउटै पुल भए पनि सञ्चालनमा ल्याउन पहल भइरहेको छ, यसका लागि समन्वय भइरहेको छ,” उनले भने, “तुइन कानुनी रूपमा अवैध नै भएकाले भारतीय पक्ष मात्र नभएर नेपाली पक्षबाट समेत विस्थापित गर्नुपर्छ तर पुल सञ्चालनमा नआउँदासम्म तुइनमार्फत स्थानीयले यात्रा गरिरहेका छन् ।” निर्माण कम्पनीले सस्पेन्सन ब्रिज कार्यालयलाई र ब्रिज कार्यालयले स्थानीय तहलाई पुल हस्तान्तरण गर्नुपर्ने प्रावधान छ तर यी दुवै काम भएका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x