![मतपत्र सुरक्षाको चाँजोपाँँजोः कतै तारजाली, कतै सीसी क्यामेरा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/galkot-tarjali_7rMdbaaDkd.jpg)
वैशाख ३० अर्थात् भोलि (शुक्रवार)बाट स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।
मतदानका लागि मतदानस्थलको तयारी गरिएको छ । देशका अधिकांश मतदानस्थलको तयारी पूरा भएको छ ।
त्यस्तै मतगणनास्थललाई पनि सुरक्षित गरिएको छ । मतगणनाका बेला हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अहिले अधिकांश मतगणनास्थलमा तारजाली राखिएको छ भने सीसी क्यामेराको पनि व्यवस्था गरिएको छ ।
हालसम्म ३०० ठाउँमा सीसी क्यामेरा राखिएको निर्वाचन आयोगले जनाएको छ । सीसी क्यामेरा जडान नहुने ठाउँमा पनि भिडियो क्यामेराबाट गणनाको सबै कामको रेकर्ड राख्ने तयारी आयोगले गरेको छ ।
निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ ।
आयोगका अनुसार छिटोमा साँझ ७ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना शुरू हुनेछ ।
हेरौँ देशका विभिन्न ठाउँका मतदानस्थल र मतगणनास्थलको अवस्थाः




