२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव

मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवाई फायर, मतदान प्रभावित

बैशाख ३०, २०७९
मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवाई फायर, मतदान प्रभावित

स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ ।

दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । 

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ । 

मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि त्यहाँ दुई पक्षीय झडप भएको हो । त्यहाँ अहिले मतदान रोकिएको छ । तर, केहीबेरमै मतदान शुरु हुने खतिवडाले बताए ।

'त्यहाँ मतदान रोकिने र सुचारु हुने क्रम पनि जारी छ । केही समयमै मतदान सुचारु गराउने तयारी गरिएको छ,' उनले लोकान्तरसँग भने । मतदानस्थलमा केही तनाव भए पनि मानवीय क्षति भने नभएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्